बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी च्याम्पियनसिपको उपाधि कृतिलाई

आइतबार, ०३ मङ्सिर २०७४, १८ : ४१
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं – नव साधना कला केन्द्रले पोखरामा आयोजना गरेको गण्डकी च्याम्पियनसिप २०७४ नृत्य प्रतियोगीताको उपाधि कृति शाहीले जितेकी छन् । 
ग्रान्ड फिनालिमा पुगेका अन्य १५ जना प्रतियोगीलाई पराजित गर्दै उनले उपाधि जितेकी हुन् ।

प्रतियोगीतामा अञ्जली मगर द्धितिय, अविक्क्षा आलेमगगर तृतिय र तृप्ति गुरुङ सान्त्वना भए । प्रथमले नगद पचास हजार रुपैया, द्धितियले पच्चिस हजार रुपैयाँ, तृतियले पन्ध्र हजार रुपैयाँ र सान्त्वनाले दश हजार रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्र हात पारे । पोखरा उद्योग वाणीज्य संघको हल ग्रैहापाटन भएको प्रतिष्पर्धामा अनुशासित प्रतियोगीको रुपमा निस्मा गुरुङ र उत्कृष्ट भेषभुषा तर्फको पुरस्कार अञ्जली नेपालीले जिते ।

नव साधना कला केन्द्रको यो ११ औँ प्रस्तुती रहेको यो प्रतियोगतिाको अडिसनमा झण्डै ४ सय जना प्रतियोगीले भाग लिएका थिए । ति मध्ये १६ फाइनलमा पुगेका पुगेका थिए ।

तीन महिनाको प्रशिक्षण सपिहत प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उतारिएको नव साधना कला केन्द्रका अध्यक्ष टप बहादुर गुरुङले जनाए । प्रतियोगीताको निर्णायकमा वरिष्ठ नृत्य निर्देशक गोरे गुरुङ, सन बहादुर गुरुङ, घनश्याम पुन रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप