शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिवसको ‘सम्झिराख’ नेपथ्यको भिडियोमा

आइतबार, ०३ मङ्सिर २०७४, १९ : ०४
आइतबार, ०३ मङ्सिर २०७४

‘मेरैजस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फूल फुलेकै होला 
सम्झिराख
सम्झिराख, लामो सफरमा 
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख’

चिरपरिचित कवि तुलसी ‘दिवस’ले धेरै वर्षअघि लेखेको कविताका लाइनहरु ऋाफ्नो दसौं एल्बममा गीत बनाएको नेपथ्यले रजत वर्षको अवसर पारेर यो गीतको म्यूजिक भिडियो पनि तयार पारेको छ । 

केहि वर्षयता नेपथ्यको श्रब्यदृश्य व्यवस्थापनमा संलग्न तन्नेरी समुह ‘कथाहरू’ ले बनाएको यो म्यूजिक भिडियोे नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयले निर्माण गरेको हो ।

नेपथ्यले कवितामा संगीत हाल्ने प्रयोग यसअघि पनि गर्दैआएको थियो । कवि तीर्थ श्रेष्ठको ‘आमा’ लगायत केहि गीतहरु कविताबाटै तानिएको हो ।   

‘म शब्दको खोजीमा हिँडिरहँदा तुलसी दिवसको पुरानो कविता संग्रह हातपरेको थियो,’ मुख्य गायक एवं ब्याण्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यसैमा अटाएको यस कवितालाई मैले संगीतवद्ध गर्ने प्रयास गरेको हुँ ।’

नेपथ्यले यो वर्षभरि आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणा गरिसकेको छ ।  त्यसै क्रममा यसलाई पनि तयार पारिएको हो ।

२५ वर्र्षे उत्सवकै क्रममा व्याण्डले यसैपाली आफ्नो दसौं एल्बम सार्वजनिक गर्ने घोषणासमेत गरिसकेको छ । उक्त दसौं अल्बममा संकलित गीतहरु मध्येकै ‘सम्झिराख’ पनि एक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप