बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छिचोलियो तामाकोसी सुरुङ: मुख्य सुरुङ ब्रेक थ्रु , अर्को पुसदेखि उत्पादन

सोमबार, ०४ मङ्सिर २०७४, ०६ : ३८
सोमबार, ०४ मङ्सिर २०७४

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको महत्वपूर्ण सफलतामध्येको मुख्य सुरुङ अर्थात हेडरेस टनेलको ब्रेक थ्रु भएको छ ।

दोलखाको विगु गाउँपालिकास्थित चार सय ५६ मेगावाटको उक्त आयोजनाको १८ दशमलव ३६ किलोमिटर सुरुङमध्ये जोखिम र महत्वपूर्ण मानिएको हेडरेस, भर्टिकल साफ्टसहितको सुरुङ आइतबार ब्रेकथ्रु भएको हो । योसँगै आयोजनाको ९२ प्रतिशत कार्य पूरा भएको छ ।

जोखिम क्षेत्रभित्रको सुरुङलाई विष्फोटको माध्यमबाट आइतबार बिहान सफलतापूर्वक छेडिएपछि विद्युत् प्राधिकरणका उच्च पदस्थ कर्मचारी, लगानीकर्तादेखि कर्मचारीसम्मले खुसी साटासाट गरे ।

मुख्य सुरुङ जोडिन बाँकी रहेको करिब २ मिटर क्षेत्रलाई प्वाल पारिएपछि उर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणको कार्यकारी निर्देशक, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलगायतका टोली दुवैतर्फबाट छिरेर हात मिलाएर एकआपसमा बधाई ज्ञापन गरे ।

यो सफलतापछि आयोजनाले २०७५ साल पुसदेखि उत्पादन गर्ने घोषणा गरेको छ ।

आयोजना प्रमुख श्रेष्ठलेले मुख्य सुरुङको ब्रेकथ्रुको सफलतापछि आउने पुससम्म आयोजनाले विद्युत् उत्पादन गरी बिक्री गर्न थाल्ने बताए ।, यो खबर आजको कान्तिपुरमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप