शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा चिल ठोक्किएपछि...

सोमबार, ०४ मङ्सिर २०७४, ०७ : १५
सोमबार, ०४ मङ्सिर २०७४

राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । 
चिल ठोक्किएपछि जहाजको नाक ९अगाडिको भाग०मा ठूलो क्षति पुगेको छ ।

भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो ।

जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९ एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए । यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो ।यो खबर आजको नागरिक दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप