चुनावको बेला चार दिन विद्यालय बन्द
सोमबार, ०४ मङ्सिर २०७४, ०७ : २५
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा मंसिर १८ देखि २१ सम्म बिदा हुनेछ।
विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो। निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभउकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए। यो खबर आजको कान्तिपुरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न