शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भीमदत्त नगरपालिका र विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता

सोमबार, ०४ मङ्सिर २०७४, ०९ : १८
सोमबार, ०४ मङ्सिर २०७४

कञ्चनपुर - भीमदत्त नगरपालिका र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले एकापसमा सहकार्यका लागि सम्झौता गरेका छन् । 

विश्वविद्यालय केन्द्रीय कार्यालयमा आइतबार नगरपालिका र विश्वविद्यालयबीच दक्ष जनशक्तिको सेवा उपलब्ध गराउने तथा विद्यार्थीलाई शैक्षिक अनुसन्धान र इन्टर्नसिपका लागि एकापसमा सहकार्य गर्न सम्झौता गरिएको छ । 

भीमदत्तका प्रमुख सुरेन्द्र विष्ट र विश्वविद्यालयका उपकुलपति प्राध्यापक भूषण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि विश्वविद्यालयका जनशक्ति भीमदत्त नगरपालिका कार्यालय व्यवस्थापन, सृदृढीकरण, विकास निर्माण, शैक्षिक अध्ययन, अनुसन्धान र जनचेतनामूलक कार्यक्रममा सहभागी हुने भएका छन् । 

आगामी दुई वर्षका लागि गरिएको सम्झौताअनुसार भीमदत्त नगरपालिकाले पनि विश्वविद्यालयलाई आवश्यकताका आधारमा जनशक्ति र आर्थिक सहयोग गर्ने छ । 
भीमदत्तलाई महानगर बनाउने लक्ष्यका साथ कार्य थालनी गरिएको उल्लेख गर्दै प्रमुख बिष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विकास र प्रगति सबैका लागि आवश्यक भएको बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयका उपकुपति प्राध्यापक श्रेष्ठले भीमदत्त नगरपालिकासँगको सम्झौताले विश्वविद्यालयको विकासमा टेवा पुग्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप