शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड : रामचन्द्रको ‘गढ’मा किसानको हमला : के भन्छन् तनहुँका जनता ?

सोमबार, ०४ मङ्सिर २०७४, ०९ : ४७
सोमबार, ०४ मङ्सिर २०७४

मङ्सिर । व्यास नगरपालिका–१२ स्थित देउरालीमा आधा दर्जन गाडी र केही मोटरसाइकल रोकिए । हरियो रङ्गको टोयोटाबाट शिरमा ढाकाटोपी लगाएका मोटो कदका एकजना ओर्लिए । बस्तीमा चुनावी गफ गर्दै गरेकाहरूतिर लम्किएका उनले हात जोडेर परिचय दिए, ‘सबैलाई नमस्कार, म किसान श्रेष्ठ तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेको छु ।’ 

किसानले त्यति के भनेका थिए, देउरालीका स्थानीय किशोर श्रेष्ठले सोधिहाले, ‘हामी तपाईंलाई भोट हाल्ने कि रामचन्द्र पौडेललाई, हाम्रो यहाँको एउटा समस्या समाधान गरिदिनुपर्छ ।’ 

किसानले हाँसी–हाँसी प्रतिप्रश्न गरे, ‘समस्या दुईवटा समाधान गर्छु, तर अहिलेसम्म तपाईंहरूले कसलाई भोट हाल्नुभो, मलाई एकपटक मौका दिनुस्, काम गर्न सकिनँ भने कालोमोसो दल्नुस । ०४८ सालदेखि राचन्द्र पौडेलाई भोट दिएर तपाई–हामीले के पायौँ ?’ 

ब्यास नगरपालिकाको देउराली नेपाली काङ्ग्रेसको गढ हो । त्यहाँका स्थानीयले २०४८ सालदेखि रामचन्द्र पौडेललाई नै भोट हाल्दै आएका थिए । काङ्ग्रेसको गढ भनेर अन्य दलका नेता कार्यकर्ता प्रचारमा समेत जान मन नगर्ने स्थानमा शनिबार बिहान किसान पुगेपछि एकाएक माहोल फेरियो । वामपन्थी गठबन्धनका एक कार्यकर्ताले स्थानीय कृष्णकुमारी दवाडीलाई भोट हाल्ने तरिका सिकाए, तरिका बुझेपछि उनले भनिन्, ‘अहिले मात्र सिकाएर हुँदैन्, भोलि चुनाव जितेपछि पनि आउनुस् ।’ 

व्यास नगरपालिका–१२ को केदारसात, करुङ, बेलचौर भँगेरी टोल नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पोडेलको गढ भनेर चिनिन्छ । शनिबार कच्ची सड्कमा धुलो उडाउँदै पुगेका एमालेका जिल्ला नेता किशानले काङ्ग्रेसको उक्त गढमा धावा बोलिसकेका छन् । ‘हुनेवाला प्रधानमन्त्री, बरिष्ठ नेता भन्दै रामचन्द्र पौडेलले पटक–पटक झुक्याएको कुरा तनहुँ–१ का जनताले बुझिसेकेका छन्’ रातोपाटीसँग कुरा गर्दै किसान श्रेष्ठले भने, ‘यसपटक जनताले मलाई विजयी गराउनेमा ढुक्क छु ।’ 

काङ्ग्रेसको गढका मतदाता भन्छन्, ‘यसपाला पौडेलतिर त्यति मन ढल्केको छैन ।’ 

व्यास नगरपालिका–१२ करुङका अमृत पन्थ, उमेर बढीमा ३५ पुगेका छन् । सचेत मतदाताको क्याटागोरीमा रहेका पन्थले असअघि नेपाली काङ्ग्रेसलाई भोट हाल्दै आएका थिए । ‘काम गर्नेले मौका पाउनुपर्छ’ पन्थले भने, ‘काम गर्नेले चान्स पाउँदा केही हुन्छ कि भन्ने सोचेका छौँ ।’ 

‘अब उम्मेदवार चेन्ज गर्दै जान्छौँ’ उनले भने– ‘जसले काम गर्छ उसैलाई दोहोर्याउँछौँ ।’ 

करुङकै सानी पन्थले भञ्ज्याङमा सानो होटल राखेकी छिन् । ‘कच्ची बाटो, दिनदिनैको धुलोले हैरान भैसकेका छौँ’– उनले भनिन्– ‘जो आए पनि उस्तै हो, यसपटक काम गर्नेलाई सबैको सल्लाहमा भोट दिन्छौँ ।’ 

करुङमा काङ्ग्रेस नेता शङ्कर भण्डारीले लिफ्ट सिस्टमबाट खानेपानी आयोजना निर्माण गरिदिएका छन् । तिनै शङ्कर भण्डारीले बाटो मर्मतका लागि निकासा गराइदिएको १२ लाख रुपियाँ काङ्ग्रेसका स्थानीय अगुवाले भ्रष्टाचार गरेपछि त्यहाँका स्थानीय आक्रोशित भएका हुन् । 

‘स्थानीय चुनावमा काङ्ग्रेसलाई दिएका थियौँ’– बेलचौरकी स्थानीय टीका कुमारी गैरेले भनिन्– ‘बाटो कच्ची छ, सामुदायिक भवनको पिल्लर मात्र उठाइएको छ । अब यी सबै काम पूरा गर्नेलाई भोट दिन्छौँ ।’ 

‘काङ्ग्रेसका मान्छेले यहाँ बाटो खन्न दिएको १२ लाख खाइदिए’– उनले भनिन्– ‘रामचन्द्रलाई त यसपटक बहिष्कार नै गरेको छु, एकपटक किसान भाइलाई हेर्छौं ।’ 

रातोपाटी @ ब्याटल ग्राउन्ड 

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

 

गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप