शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कार्कीलाई अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त

सोमबार, ०४ मङ्सिर २०७४, ११ : ०२
सोमबार, ०४ मङ्सिर २०७४

वाशिंगटन डीसी -नेपाली मूलका एक मात्र तथा प्रथम भारत्तोलक रुप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेका छन् l 

नेपालको रुपन्देही स्थाइ घर भई हाल डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका कार्की नोभेम्बर १८ तारिख प्रतियोगितामा भाग लिन एटलान्टा पुगेका थिए l विमानस्थल अवतरण गर्ने बित्तिकै सम्पूर्ण नेपालीहरुको आशिर्बाद लिएर आएको छु र नेपाललाई बिश्वमा चिनाउने मेरो प्रयास हुने कार्कीले भनेका थिए l 

उनि आफ्नो उमेर र वजनको तौल समूहमा प्रतिस्प्रद्धिलाई उछिन्दै स्वर्ण पदक प्राप्त गरेका छन् l उनले कुल १४ सय पाउन्ड उठाई स्वर्ण पदक प्राप्त गरेका हुन् l  

उनलाई गत नोभेम्बर १६ तारिख बिहिबार डीसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले उनलाई आमन्त्रण गरि शुभकामना दिएका थिए l छोटो समयमा गरिएको शुभकामना तथा बधाई कार्यक्रम मा उनले आफुले नेपाल को नाम राख्न सक्दो प्रयास गरेको बताएका थिए l 

उनले डिसीमा आफ्नो कुरा राख्दै कम्तिमा पनि १३ सय पाउण्ड उठाएका मात्र प्रतियोगितामा भाग लिन पाउने भएकोले आफु ले त्यो भन्दा ज्यादा उठाएकोले आफु सहभागी हुन् पाएको बताएका थिए l

उनले डिसीमा हालको स्थिति हेर्दा आफुले १४ सय पाउण्ड उचालेको छु भन्दै खेल हो र आफुले यतिनै उचाले भने राम्रो नतिजा आउने पनि हुन सक्ने बताएका थिए l 

उनले थप जानकारी दिदै हाल सम्म उनको उमेर र वजनमा १३ सय ८० पाउण्ड उठाएको मात्र उनले जानकारी गराएका थिए l  उनि २ सय २० पाउण्ड को वजन बाट प्रतियोगितामा सहभागी हुदै छन् l उनि शरीर बनाउन कुनै ओखति नखाएका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिएका भारत्तोलक खेलाडी हुन् l 

नेपाली समुदायमा अमेरिकाको अहिले सम्मको ईतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र तथा प्रथम खेलाडी रहेका छन् l नोभेम्बर १८ र १९ तारिख जर्जीयाको एटलान्टामा अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगीतामा उनलाई उक्त पदक प्राप्त भएको हो l 

भारत्तोलनको यो उच्चस्तरिय प्रतिश्पर्धा मध्यको एक हो । विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिश्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानिय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाई स्वर्ण पदक/ रजत पदक हासिल गरि सकेका छन् l 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप