शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरका कुरा : युवा अवस्थामै किन हुन्छ हृदयाघात ?

सोमबार, ०४ मङ्सिर २०७४, १२ : ४२
सोमबार, ०४ मङ्सिर २०७४

डा.प्रकाशराज रेग्मी
मुटुरोग विशेषज्ञ

विश्वमा हृदयाघातका कारण मृत्यु हुने मानिसको संख्या ठूलो छ । मृत्यु हुनेमध्ये २५ देखि ३५ प्रतिशत मानिस हृदयाघातले ग्रसित भएको विभिन्न अनुसन्धानले देखाएका छन् । निकै खतरनाकमध्येको एउटा रोग हो, हृदयाघात । यो रोगले मानिसलाई कुनवेला आक्रमण गर्छ भन्ने टुंगै हुँदैन । पछिल्लो समय यो रोगबाट ग्रसित हुने युवाको संख्या पनि ठूलो छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले सन् २०१३ मा गरेको सर्वेक्षणअनुसार २० प्रतिशतभन्दा बढी नेपाली युवा आकस्मिक हृदयाघातको जोखिममा छन् । हृदयाघात रोगबारे एक सामग्री :

…अनि हुन्छ हृदयाघात

  • मुटु छातीको दायाँ भागमा हुन्छ । त्यसैले छातीमा देखिएको समस्या हृदयाघातको लक्षण पनि हुन सक्छ । छातीको बीच भागमा अत्यन्त पीडा भएको अवस्थामा हृदयाघात हुन सक्छ ।
  • जतिवेला पनि कमजोर अनुभव हुन थाल्यो भने मुटुमा समस्या भएको हुन सक्छ । जटिल काम गर्दा थकाइ लाग्नु स्वाभाविक भए पनि जुनसुकै अवस्थामा पनि थकानको महसुस हुनुले भने मुटुसम्बन्धी समस्यालाई इंगित गर्छ ।
  • खलखली पसिना आउने, वेलावेला मर्ने त्रास पैदा हुने, चक्कर लाग्ने पनि हृदयाघातको लक्षण हुन् .
  • छातीमा पीडापछि वाकवाकी लाग्ने र उल्टी हुनेलाई पनि हृदयाघात हुन सक्छ ।
  • श्वासप्रश्वासमा समस्या हुँदै गएमा, दम बढेमा हृदयाघात हुन सक्छ ।
  • कतिपय मानिसलाई वंशाणुगत कारणले पनि मुटुमा समस्या हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, धूम्रपान, उच्च कोलेस्ट्रोल मुटुरोगका कारण हुन् ।

हृदयाघात हुन नदिन

  • हृदयाघातलाई रोक्न वा हृदयाघात हुन नदिनका लागि धेरै उपाय अपनाउन सकिन्छ । त्यसमध्ये व्यवस्थित खानपान, नियमित व्यायाम, शारीरिक सक्रियताले मुटुरोगलाई दूर गर्नका लागि मद्दत गर्दछ ।
  •  व्यस्त दैनिकी, मानसिक तनावलगायतका कारण युवाहरूमा हृदयाघात हुने प्रबल सम्भावना हुन्छ । त्यसैले यस्ता कुरालाई ध्यान दिन जरुरी हुन्छ ।
  • कतिपय युवाले आफ्नो जीवनलाई व्यवस्थित गर्न सकिरहेका हुँदैनन् । अव्यवस्थित जीवनयापन पनि हृदयाघातको प्रमुख कारण हो । त्यसैले मुटुरोगबाट बच्नका लागि व्यवस्थित जीवनशैलीसँगै शरीरलाई स्वस्थ राख्नुपर्छ । 
  • नुन, चिल्लो, हरियो सागपात, गेडागुडी र फलफूलको नियमित प्रयोगले पनि मुटुरोगबाट बचाउँछ ।
  • शरीरको तौल बढी भयो भने पनि मुटुमा समस्या उत्पन्न हुन्छ । त्यसैले तौल सन्तुलित राख्ने उपायहरू अवलम्बन गर्दै जानुपर्दछ ।
  •  एकपटक हृदयाघात भएको मानिसले जीवनभर औषधि प्रयोग गर्नुपर्छ । किनकि, यो जुनसुकै समयमा पनि दोहोरिन सक्छ ।
  •  हृदयाघातको समयमै उपचार गर्न सकियो भने निदान गर्न गाह्रो हुँदैन । तर, थोरै पनि हेलचेक्र्याइँ गरियो भने ज्यानै जान्छ । हृदयाघात भएको ६ घन्टासम्म उपचार गर्न सकिएन भने मानिसको मृत्यु हुन सक्छ ।

बिहानीपख हृदयाघात
राति १२ बजेदेखि बिहान ५ बजेको समयमा बढीजसो मानिसलाई हृदयाघात हुने गरेको पाइन्छ । यो समयावधिमा स्नायु प्रणालीलाई सक्रिय बनाउने भागले बढी काम गर्छ । जसले मुटुमा रसायनको सक्रियता बढाउँछ र मुटुमा दबाब सृजना भई हृदयाघात हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप