बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

सोमबार, ०४ मङ्सिर २०७४, १४ : ००
सोमबार, ०४ मङ्सिर २०७४

तनहुँ– सुरक्षाकर्मीको स्कर्टिङ, साथमा दुईचारवटा गाडीमा काङ्ग्रेसका स्थानीय नेता–कार्यकर्ता बोकेर आइतबार व्यास नगरपालिका–१ मुसीखोला पुगे काङ्ग्रेस नेता रामचन्द्र पौडेल । शनिबार गोरखाको पालुङटारको सभालाई सम्बोधन गरेर फर्कंदै गर्दौ एम्बुसमा परेसँगै नेपाल प्रहरीले पौडेलको सुरक्षा व्यवस्था कडा बनाएको छ । 

मुसीखोलास्थित मूल सडकसँगै जोडिएको खेतमा केही स्थानीय जम्मा भएका थिए । तीमध्येका थिए, दुर्गासिंह मगर । उमेरले ५० कटे पनि अहिलेसम्म आफ्नो जग्गाको लालपुर्जा नपाएका मगरको गुनासो हिजो पनि त्यही थियो आज पनि त्यही । पौडेल नजिक गएर उनले भने– ‘हजुर, लालपुर्जा अझै पाइएन्’ दुर्गासिंहको बोली भुइँमा खस्न नपाउँदै पौडेलले भने– ‘ए, लालपुर्जा ? ल–ल गर्दिउँला तपाईंले लालपुर्जा पाउनुहुन्छ ।’ 

लामो समयदेखि तनहुँबाट चुनाव जित्दै आएका पौडेल यसपटक पनि तनहुँ–१ बाट प्रतिनिधिसभाको उम्मेदवार छन् । दुर्गासिंहजस्तै धेरैलाई विकासको पुलिन्दा बाँड्दै चुनाव प्रचारमा हिँडेका पौडेलसँग हामीले डुम्रे बजार नकिजै कुराकानी गरेका छौँ । 

प्रस्तुत छ, पौडेलसँग गरिएको चुनावी संवादको सम्पादित अंश : 

वामपन्थी गठबन्धनको चुनौतीका बाबजुद चुनाव लड्दै हुनुहुन्छ, कस्तो लाग्दै छ ? 
हामीलाई त त्यति धेरै फरक पर्दैन, यहाँ सधैँ सबै पार्टी एकातिर नेपाली काङ्ग्रेस एकातिर हुनेगरेको हो । त्यसैले तनहुँमा वाम गठन्धनको त्यति धेरै असर, अन्तर हामीलाई लागिराखेको छैन । अन्यत्रको कुरा बेग्लै हो, तनहुँमा त हामी सीधै एक्लै लडेर चुनाव जित्ने गरेको हो । 

अहिले त दुई ठूला पार्टी मिलेका छन् नि त ? 
हैन, सप्पै मिल्थे दुइटा मात्रै हैन । तनहुँको हकमा राप्रपा पनि उतै हुन्थ्यो, अहिले राप्रपा हामीसित छ । 

तपाईंको यहाँ चुनाव जित्ने आधार चाहिँ के छन् ? 
यहाँको जनता हो । जनताको मप्रतिको विश्वास हो, यहाँको जनताप्रतिको मेरो आस्था हो । यहाँका सबै जताले मलाई देखेको छन्, बुझेका छन् । मेरो जीवनभरीको सङ्घर्ष तनहुँवासीलाई सबै थाहा छ । यो देशका लागि जनताका लागि समर्पित भएर आफ्नो जीवन नै अर्पेर हिँडेको मान्छे हो भन्ने कुरा यहाँकाले बुझेका छन् । यहाँको विकास निर्माणको पनि धेरै काम हामीले गरेका छौँ । हामीले यो क्षेत्रको विकासमा धेरै ठूलो प्रगति हामीले गरेका छौँ । 

तर, अहिले वामपन्थी गठबन्धनले तपाईंले ०४८ सालदेखि लगातार जितेको तर विकास केही नगरेको भन्ने आरोप लगाएका छन् नि ? 
विकास चाहिँ यही जिल्लामा नभएको भए अन्त कहाँ भएको छ ? नेपालको सन्दर्भमा जति विकास हुने हो, अन्यत्र जहाँ जे भएको छ त्यसमध्ये सबैभन्दा बढी यही तनहुँमा भएको छ । त्यसकारण तनहुँको विकासलाई विकास नै भएको छैन भन्ने ? उहाँहरूले के गर्नुभयो ? अरू पार्टीहरूले विकासका नाउँमा सिन्को भाँचेका छैनन् । जे गर्यौँ हामीले नै गरेका छौँ, यी डाँडाकाँडामा बिजुली, पानी बाटो सबैकुरा हामीले पुर्याएको हो । बिजुली, पानी, शिक्षा, स्वास्थ्य र संचारमा नेपाली काङ्ग्रेसको नै योगदान छ, मेरै योगदान छ । 

हामीले तपार्इंका प्रतिस्पर्धीसँग पनि कुरा गरेका थियौं, उहाँले चाहिँ एकपटक मलाई अवसर दिनुपर्छ भन्नुभो । अनि तपार्इंकै गढ मानिने बेलचोरै, भँगेरीटोलका स्थानीय यसपटक नयाँलाई रोज्ने कुरा गर्दै थिए नि ?
मान्छे नयाँ र पुरानो भनेको विचारले हुन्छ ।  व्यक्ति पुरानो, उमेर पुरानो भन्ने कुरा होइन । विचार पुरानो, विचार के छ उहाहरूसँग ? के छ मेरो प्रतिस्पर्धीसँग यो जिल्लाको विकास गर्ने खाका, के नक्सा छ ? कुन चाहिँ योजना छ, कुन कार्यक्रम छ ? पैसाको बलमा हुन्छ ? 

उहाँले समाजसेवी हुँ, विकास गरेको छु, पाँच सयभन्दा बढी युवालाई रोजगारी दिएको छु भन्नुभाछ ?  
के विकास ? (आक्रोसित हुँदै) केही रोजगारी छैन् । केही दुई चारजना उहाँको ठेकेदारीमा रोजगारी पाएका होलान् । उहाँका ठेक्कापट्टा उँहाका के–के कारोवारहरूमा पाएका होलान् अरू के रोजगारी, कसलाई ?

त्यसकारण यो जिल्लामा जे जत्ति भएको छ, चाहे रोजगारीको अवसरको कुरा होस्, चाहे त्यो बाटोघाटो निर्माणको कुरा होस्, पुल निर्माण, चाहे विद्युतीकरणको कुरा होस्, पूर्वाधारका सबै क्षेत्रमा सर्वत्र नेपाली काङ्ग्रेसको नै योगदान छ । 

हामीले नै काम गरेका छौँ । जनतासँग हामी नै सम्पर्कमा छौं । राज्यको ठूलो मामलामा चैनी उता काठमाडौँमा व्यस्त हुँदा यहाँ नआउनु अर्को कुरा हो । तर, त्यहाँ भएर पनि यहीँको समस्यालाई सधैँ सम्झेर योजना पठाउने कार्यक्रम पठाउने, जिल्ला बजाउने काम निरन्तर भएको छ । आज तपाईं यो जिल्लाका डाँडाकाँडा जहाँसुकै जानुस्, जहाँ पनि तपाईं मोटर चढेर पुग्न सक्नुुहुन्छ, जहाँ पनि बिजुली बलेको देख्न सक्नुहुन्छ, जहाँ पनि स्कुल बनेको देख्नुहुन्छ । स्वास्थ्य चौकीहरू राम्रा शानदार र ठूलाठूला भवनहरू बनेको देख्नुहुन्छ । खानेपानीका योजनाहरू तलबाट तानेर माथि लगेर हामीले पानी खुवाएका छौँ । 

पहिले सुरुमा त मैले आकाशे पानीबाट सुरु गरेको थिएँ, तान्ने लिफ्ट गर्ने प्रविधि थिएन् अनि मैले आकाशे पानीबाट पनि जनतालाई पानी खुवाएको हो । तर अहिले त हामीले तानेरै माथि लगेर खुवाइरहेका छौँ । 

आज, यो हाइवे हिँड्दै गर्दा एक ठाउँमा लालपुर्जा नभएका मान्छेलाई दिन्छु भन्नुभयो, अनि डुम्रे बजारलाई प्रकृतिमैत्री बनाउँछु भन्नुभयो, त्यो वाचा भोट तान्नका लागि मात्र हो कि गरेरै देखाउनुहुन्छ ?  
एकपटक हामीले लालपुर्जा जनतालाई चैनी दियौँ पनि हैन ? फेरि पछि बीचमा आयोगहरू बन्न सकेनन् । कम्युनिस्टले बनाएका आयोगहरूले केही पनि कामै गरेनन् । कम्युस्टिका मन्त्रीले जो आयोग बनाए एउटा पनि सिन्को भाच्न सकेनन् । ती आयोगले केही पनि काम गरेनन् । अब काङ्ग्रेसले नै आयोग बनाएपछि फेरि जग्गा नभएकहरूलाई लालपुर्जा दिन्छ, सुकुम्बासी बसोबासीको व्यवस्था काङ्ग्रेसले नै गर्छ । उनीहरूले गर्न सकेनन्, अब हामीले नै गर्नुपर्छ । 

एमाले अध्यक्ष ओलीले वामपन्थी सरकार बन्छ, काङ्ग्रेसलाई मत दिएर काम छैन भन्नुभाथ्यो नि ? यसमा तपाईंको भनाइ के छ ? 
त्यो उहाँको दिवास्वप्न हो, वामपन्थी सरकार बन्दैन । अब जनताले बुझिसेक यिनीहरू त कम्युनिस्टको पो कुरा गर्न थाले । मान्छेहरूलाई हिजोसम्म थियो कि एमाले कुनै डेमोक्र्याटिक बहुलवादी हो भन्ने भ्रम परेको थियो ।

तर अब त्यो भ्रम उहाँहरूले नै निवारण गर्नुभयो । उहाँ बहुदलवादी हैन भन्ने कुरा उँहाहरूको अभिव्यक्तिले अहिले आएर प्रस्ट गरिसकेका छन् । जनता बहुलवाद, बहुदल चाहन्छन्, लोकन्त्र र समावेशी व्यवस्था चाहन्छन् । उहाँहरू त समावेशीको पनि विरोधी हो । समावेशी शासन चाहनुहुन्न, उहाँ व्यक्तिको शासन चाहनुहुन्छ । एउटा व्यक्तिलाई चुन्ने अरे अनि त्यसले सबैथोकमा हालीमुहाली गर्ने रे । संसदमा चुनिएर गएका सबै जातजातिको कुनै काम छैन ? तिनीहरू त निरर्थक हुन्छन् । 

चुनावलाई लक्षित गरेर विष्फोटका घट्नाहरू भइरहेका छन्, तपाईंहरू सरकारमा हुनुहुन्छ, चुनाव विरोधी गतिविधि नियन्त्रण गर्न किन सक्नुभएन् ? 
वास्तवमा यो चाहिँ अलिकति सुरक्षा निकायमा केही कमजोरी छन् । त्यो मैले पनि भनेँ, सुरक्षा निकायले घट्ना घट्नुभन्दा पहिले नै जानकारी राख्न सक्नुपर्छ नि, हैन ? त्यसो भएको हुनाले सुरक्षामा कडाइ, सुरक्षा निकाय तन्दुरुस्त हुनुपर्छ ताकि नराम्रा घटनाहरू हुन नपाऊन् । फेरि मुलुक अराजकतातिर जान नपाओस् भनेर त्यसका लागि बनाएको हो, सुरक्षा निकाय । अब यिनीहरू सजग हुनुपर्छ । 

गोरखाको पालुङटारमा आयोजित सभामा तपाईंले प्रचण्ड र ओलीलाई सम्राट बन्न खोजे भन्नुभाथ्यो, काङ्ग्रेसका नेताहरू पछिल्लो पटक आत्तिएर आक्षेप लगाउने तहमा उत्रिएको हो ? 
आक्षेप हैन, मलाई सबैभन्दा ठूलो आपत्ति छ । उहाँहरूले पत्रकार सम्मेलनमा उहाँहरूले जुन व्यक्त गर्नुभो नि, अहिले भर्खरै यत्रो मेहनत गरेर यतिका वर्ष लगाएर हामीले सहमती गरेर संविधान जारी गर्यौँ । संविधानमा हामीले केही महत्वपूर्ण मौलिक पक्षहरूमा प्रस्ट भएर सहमती बन्यो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र बहुलवादमा आधारित संसदीय बहुदलीय लोकतान्त्रिक प्रणाली भनेर हस्ताक्षर गर्ने त्यो हस्ताक्षर नसुक्दै कार्यकारी प्रमुख हुनुपर्यो उहाँहरूलाई ? 

कार्यकारी प्रमुख हुने व्यवस्था गर्छौं, संविधान फेर्छौं संशोधन गर्छौं र अब १० वर्षमा साम्यवाद ल्याउँछौँ भनिसकेपछि त यहाँभन्दा बढी उहाँहरूले के भन्न बाँकी राख्नुभयो ? त्यसकारण यो सब लोकतन्त्रको विरुद्धको २००७ सालदेखिको षड्यन्त्रको उहाँहरूको नियत अहिले पर्दाफास भयो । त्यसलाई हामीले खबरदारी गरेको हो । 

अन्तिममा, तपाईंले आफ्नो क्षेत्रमा कति मतान्तरले जित्ने आँकलन गर्नुभएको छ ? 
म त पन्ध्र, बीस हजार भोटले जित्छु । 
 

(फोटो : बिजु महर्जन) 

 

रातोपाटी @ ब्याटल ग्राउन्ड 

 

रामचन्द्र पौडेल र किसानको प्रचार शैली : तुलब्यानर थोरै, घरदैलो धेरै (फोटोफिचर)

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

ब्याटल ग्राउन्ड : रामचन्द्रको ‘गढ’मा किसानको हमला : के भन्छन् तनहुँका जनता ?

गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप