बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकले ल्यायो नयाँ र्भसनको इन्टरनेट बैंकिङ सेवा

सोमबार, ०४ मङ्सिर २०७४, १७ : ५९
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सर्भिसलाई हटाएर नयाँ र नौलो भर्सनको बैंकिङ सर्भिस आफ्ना ग्राहकहरु माझ ल्याएको छ । 
पछिल्लो समयमा बैंकिङ क्षेत्रमा इ बैंकिङ सेवामा बिभिन्न किसिमका अबरोध आइरहेका छन् । यो नयाँ नयाँ भर्सनको प्रयोगमा ग्राहकहरुले धेरै फिर्चसहरु पाउने छन् भने सुरक्षाको दृष्टिले निकै सुरक्षित समेत रहेको बैंकले जनाएको छ । 


नयाँ भर्सनबाट कारोवार गर्दा कारोवार सुरक्षित हुनुका साथै पहिलाको तुलनामा थप सुरक्षाका उपकरण थपिएका छन् । युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ भने, फोटो सेन्सरदेखि एकपटक मात्रै पासवार्ड प्रयोगर्न सक्ने बनाइएको छ । साथै ग्राहकले आफ्नो युज नेम र पासवर्ड लिन, मोवाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानु पर्ने छैन बैंकले नै इमेल मार्फत यी सबै सुबिधा दिने जनाएको छ ।

   
साथै बैङ्कले कर्पोरेट हाउसहरुलाई मध्येनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सर्भिस सेवा प्रदान गर्दै आएको छ । उक्त सेवाले व्यापार तथा कर्पोरेट हाउस समाल्हन र आन्तरिक रुपमा अकाउन्ट मिलाउन सघाउ पुर्याउँछ । यसको प्रयोगले तलब, भुक्तानी बाँढेको, एलसी, फिक्स डिपोजिट लगायतका खाताहरु व्यवस्थापनमा सहयोग पुर्याउने छ । 


बैंकले आफ्नो उत्कृष्ट सेवाहरु देशभर फैलिएका ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र ५००० हजार भन्दाबढी भुक्तानी एजेन्टको माध्यमबाट दिदै आइरहेको छ । साथै एभरेष्ट बैंक भारतमा पहिलो प्रतिनिधि कार्यलय खोल्ने बैंक समेत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप