युएईमा नेपालीहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण
बिनोद श्रेष्ठ
युएई – युएर्इको अबुधावीस्थित अलएेनमा नेपालीहरूले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन्। ‘स्वास्थ्यको लागि हिड्नुहोस्’ भन्ने मुल नाराका साथ ओपन हाउस रेष्टुरेन्टका सञ्चालक गुन्जमान गुरुङ को बिशेष पहलकदमी र डार अल साफिया अस्पतालको सहयोगमा गत शुक्रबार तीनसय भन्दा बढि नेपालीहरूको निःशुल्क स्वास्थ्य परिक्षण भएको हो।
उक्त स्वास्थ्य परिक्षणमा चिकित्सकहरूले आँखा, घाँटी, कान, नाक, छाला सम्बन्धी रोगका साथै बल्ड प्रेसर, मधुमेह, रगत समेत परिक्षण गराएको थियो ।
स्वास्थ्य परिक्षणले युएर्इमा कार्यरत तर स्वास्थ्य बीमा परिचय पत्र (दामान कार्ड) नभएका नेपालीहरूलार्इ ठुलो सहयोग पुगेको ओपन हाउस रेष्टुरेन्टका सञ्चालक गुन्जमान गुरुङले बताए ।
उक्त स्वास्थ्य परिक्षणमा क्याम्प क्याम्प रहेका नेपाली कामदारहरूलार्इ निशुल्क यातायातको समेत ब्याबस्था गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा