बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन माओवादी नेता काँग्रेस प्रवेश

सोमबार, ०४ मङ्सिर २०७४, २० : ०४
सोमबार, ०४ मङ्सिर २०७४

डडेल्धुरा – नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्कीसहित थुप्रै कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरे । 

डडेल्धुराको अलितालमा आयोजित काँग्रेसको चुनावीसभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्य जनक कलौनी, लक्ष्मी उप्रेतीसहितका झण्डै एक हजार ५०० जना माओवादी कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । 

उनीहरुलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रमपछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको काँग्रेसमा प्रवेश गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप