शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियो अर्वाड थाप्न दर्जन कलाकार युएई आउदै

सोमबार, ०४ मङ्सिर २०७४, २० : २३
सोमबार, ०४ मङ्सिर २०७४

बिनोद श्रेष्ठ

युएर्इ –सगिंक्षा फिल्मस् र नमस्ते ट्राभल्स एण्ड टुर्स युएर्इको सयुक्त आयोजनामा हुन गैरहेको दोश्रो नेपाली म्युजिक भिडियो अवार्डमा नेपालबाट ४५ भन्दा बढी राष्ट्रिय कलाकारहरू युएर्इ आउने भएका छन्।

डिसेम्बर १ तारिक युएर्इको आबुधाबिस्थित फक्लोर थिएटर हल’मा सम्पन्न हुन गैरहेको  उक्त अवार्ड कार्यकक्रमा नेपालका चर्चित नायक बिबेक शिह ठकुरी, बिरेन्द्र हमाल नायिका निरूता सिंह, बिनिषा हमाल, नम्रता सापकोटा, सिपोरा गुरूङ्, महिमा सिलवाल सहित अन्य कलकाकरहरूको उपस्थिति रहने भएको छ।

अन्य कलाकारहरूमा जीतु नेपाल, कार्यक्रम संचालक नरेश भट्टरार्इ, डान्सर शंकर बि।सी, लोक तथा दोहोरी गायक खुमन अधिकारी तथा लोकनाथ सापकोटा पनि युएर्इ आउने भएका छन्।

उक्त म्युजिक भिडियो अवार्डमा संगीत, भिडियो तथा बिशेष क्षेत्रमा उत्कृष्ट आवाज महिला र पुरुस, उत्कृष्ट आवाज पप गीत महिला र पुरुस,  संगीतकार,एरेन्जर,रेकड़िस्ट,लोक दोहोरी, म्युजिक भिडियो, म्युजिक भिडियो निर्देशक, म्युजिक भिडियो छायांकन, म्युजिक भिडियो सम्पादन,  म्युजिक भिडियो कलाकार (महिला र पुरुस), म्युजिक भिडियो कोरियोग्राफर, इमार्जिंग ट्यालेन्ट,लाइफ टाइम कन्ट्रिबिब्युसन, म्युजिक भिडियो ट्रेन सेट्टर जस्ता २२ र युएर्इमा ५ गरी विभिन्न २७ विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएको छ।

गतबर्षको भन्दा फरक हुने भनिएको सो अवार्ड कार्यक्रममा युएर्इमा रहेका स्थानिय कलाकारहरूको ५ बिधामा ५० भन्दा कलाकारहरूको आबेदन परेको आयोजकका एक सदस्य एकेन्द्र थापाले जानकारी दिए।

युएर्इको लागि आयोजक नमस्ते ट्राभल्स एण्ड टुर्सले कार्यक्रमको प्रचारप्रसार ब्यापक बनाएको छ। गर्मी घटे लगतै युएर्इमा सो कार्यक्रमले नेपालीहरूमा निकै गर्मी बढाएको छ। यहाँ भएका सबै सामाजिक संघसस्थाहरूले कार्यक्रममा सहयोग गर्ने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप