बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेता विमलेन्द्र निधि अस्पताल भर्ना

सोमबार, ०४ मङ्सिर २०७४, २० : ३६
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौँ – छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् ।

श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । 

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए ।

निधि आज अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी आज नै काठमाडौं आएका थिए ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप