बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थापा र भट्टराईलाई सहयोग गर्ने समझदारी

सोमबार, ०४ मङ्सिर २०७४, २१ : १४
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई सहयोग गर्ने समझदारी भएको छ । 

दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटकपटक छलफल भई आज भएको समझदारीमा मकवानपुर क्षेत्र नं १ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

नयाँ शक्ति पार्टीले मकवानपुर क्षेत्र नं १ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार बनाएको भए पनि दुई पार्टीकाबीचमा भएको समझदारीबाट उनको उम्मेदवारीलाई स्थगित गरिएको छ । गोरखा क्षेत्र नं २ मा राप्रपाकातर्फबाट उम्मेदवारी दिइएको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप