बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

मङ्गलबार, ०५ मङ्सिर २०७४, १० : १०
मङ्गलबार, ०५ मङ्सिर २०७४

सिरहा - सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

घरायसी बिवाद बढ्दै जाँदा घटना भएको प्रहरीले रातोपाटीलाई बतायो ।

मंगलबार बिहान ४ बजेतिर कलियानपुर नगरपालिका ६ निवासी मोहमद ओली राइनले खुकुरी प्रहार गरि आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।

३० बर्षकी श्रीमती समिला खातुनको घाँटीमा मोहमद ओली राइनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी सिरहाले जनायो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते  खातुनको उपचारको लागि कर्जनहा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।

श्रीमतीको हत्या गर्ने राइन फरार छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप