शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित

मङ्गलबार, ०५ मङ्सिर २०७४, १० : ३६
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ ।

फाउन्डेसनको १० औ बार्षिक उत्सवको अवसरमा  अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा आयोजित एक कार्यक्रबीच अमात्य सम्मानित भएकी हुन् । 

उक्त कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, उनकी छोरी चेल्सी क्लिन्टन लगायत महत्त्वपूर्ण बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

 बार्षिक उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वहरु भेला भएका थिए । 

ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी कञ्चन अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।

उनले राष्ट्रपति भवनमा व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।


उनलाई हालसालै २०१७ एभ्रीडे योङ्ग हिरो अवार्डद्वारा पुरस्कृत गरिएको थियो  । यसको साथै आगामी डिसेम्बर ४ मा हुने मा डिसीमा हुने बिश्व बैंक युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप