शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चौधरी ग्रुपले गत वर्षको तुलनामा सरकारलाई १० प्रतिशत बढी राजस्व बुझायो

मङ्गलबार, ०५ मङ्सिर २०७४, १२ : २१
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं–राष्ट्रिय कर दिवसका सन्दर्भमा विभिन्न समूहबाट अधिक कर बुझाउने व्यक्तिका रुपमा सम्मानित करदाताहरुलाई चौधरी ग्रुपले बधाई ज्ञापन गरेको छ । ग्रुपले राज्यद्वारा यसरी गरिने वर्गीकरण र सम्मानले करदातालाई राष्ट्रिय अर्थतन्त्रमा सघाउन र विकास प्रक्रियामा योगदान दिनका लागि उत्प्रेरित गर्ने विश्वास राखेको छ । 
आर्थिक वर्ष २०७२÷७३ मा राजस्वमार्फत् चौधरी ग्रुपले सरकारलाई कुल ५५९.९७ करोड तिरेको छ । सरकारले उक्त आर्थिक वर्षमा संकलन गरेको कुल राजस्वको १.४८ प्रतिशत हुन आउँछ । यस्तै ग्रुपले आर्थिक वर्ष २०७३÷७४ मा ७ ८८ करोड राजस्व बुझाएको थियो । 
जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो भने सरकारी आँकडा अनुसार उक्त आर्थिक वर्षमा संकलित कुल राजस्वको १.५९ प्रतिशत हो । चौधरी ग्रुपले अघिल्लो वर्षको तुलनामा १०.७४ प्रतिशतले बढी राजस्व तिरेको बताए ।  
चौधरी ग्रुपका शेयरधनीहरुले लाभांश लिनु अघि कम्पनीले नै ऐन अनुसार राजस्व तिर्ने गरेको पनि जनाएको छ । राजस्व तिरिसकेपश्चात् मात्र लाभांश प्राप्त गर्ने हुनाले शेयरधनीहरुले राजस्व तिरेपनि व्यक्तिगत करको रुपमा प्रतिविम्वित हुने गरेको छैन । 
  चौधरी ग्रुपले राजस्वमार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको जनाएको छ । यस्तै ग्रुपले कुन व्यवसायिक संस्थाले कति राजस्व तिरेका छ र राज्यकोषमा कसरी योगदान पु¥याएका छन् भनी जान्न पाउने नागरिकको अधिकार भएको पनि उल्लेख गरेको  छ ।  
यसरी नै आगामी दिनमा पनि राजस्वमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन अनवरत रुपमा लागि रहने प्रतिवद्धता पनि बैँकले व्यक्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप