बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘ग्वार्डिओलाले सिटीलाई नयाँ बार्सिलोना बनाउने छन्’

मङ्गलबार, ०५ मङ्सिर २०७४, १४ : ४१
मङ्गलबार, ०५ मङ्सिर २०७४

बार्सिलोना । बार्सिलोनाका पूर्व खेलाडी रोनाल्डिन्होले म्यान्चेस्टर सिटीलाई नयाँ बार्सिलोना बनाउने बताएका छन् ।

ब्राजिलियन खेलाडीले प्रिमियर लिग नभएर युरोपका सबै क्लबहरुलाई सिटीले ठूलै चुनौती दिने चेतावनी दिएका हुन् ।

युरोपमा ग्वार्डिओलाको टोलीले यति बेला उत्कृष्ट फुटबल खेलिरहेको छ । पछिल्ला १६ खेलमा ऊ अपराजित रहेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडभन्दा ८ अंकले अघि रहेको छ ।

च्याम्पियन्स लिगमा पनि समूह चरणका सबै चार खेलमा जीत हासिल गरेको छ ।

पहिलो वर्ष इतिहादमा चर्चा अनुरुप खेल प्रदर्शन गर्न नसकेका ग्वार्डिओलाले यो सिजन आफ्नो स्टाइलमा खेल्न सक्ने खेलाडी भित्राएर टोलीमा फेरबदल गरेपछि यतिबेला टोली उत्कृष्ट लयमा देखिएको छ ।

यस्तै दृश्य वार्सिलोनमा पनि देखिएको थियो । जहाँ उनले क्लबलाई विश्वकै उत्कृष्ट टोलीको रुपमा परिणत गरेका थिए ।

कुनै बेला अजय जस्तै बनेको टोलीले ३ वटा स्पेनिक लिग, दुई च्याम्पियन्स लिग र दुईवटा स्पेनिस कपसहित १४ वटा उपाधि जितेको थियो, त्यो पनि मात्र चार वर्षको अन्तरालमा । यो अंकले उनलाई बार्सिलोनाको सबैभन्दा सफल प्रशिक्षक बनाएको थियो ।
‘के ग्वार्डिओलो त्यस्तै सफलता दोहोराउन सक्लान् ?’ यो प्रश्नमा रोनाल्डिन्हो भन्छन्, ‘मलाई विश्वास छ, उनी सक्छन् ।’

‘खेलाडी हुँदा पनि उनी निकै प्राविधिक सोचका साथ खेल्थे । प्रशिक्षकका रुपमा उनी प्रशिक्षकका रुपमा सबै कुरा सोच्छन्, उनलाई फुटबलको जरो कुरा थाहा छ,’ रोनाल्डिन्होले भने, ‘उनी जहाँ गए पनि उनले सामान्य प्रशिक्षकभन्दा धेरै कुरा बुझ्छन्, मैदानको कुरा बुझ्छन् ।’

ग्वार्डिओलाले बार्सिलोनाको नेतृत्व सम्हाल्ने बित्तिकै रोनाल्डिन्हो क्लब छाडेर एसी मिलानसँग अनुबन्ध भएका थिए ।

३७ वर्षीय रोनाल्डोले सिटीका स्टार खेलाडी ग्याब्रियल जिजसको पनि प्रशंसा गरे । यो सिजन १७ खेलमा १० गोल गरेका जिजसको प्रशंसा गर्दै उनले भने, ‘मलाई उनको शैली मनपर्छ । भविष्यमा उनी क्लबको महत्वपूर्ण हुनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप