शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सार्क चिकित्सक सम्मेलन काठमाडौंमा हुने

मङ्गलबार, ०५ मङ्सिर २०७४, १४ : ४७
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं–चिकित्सकहरुको दक्षिण एशीयाली क्षेत्रीय सम्मेलन आगामी मंसीर ९ र १० गते काठमाडौंमा हुने भएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न देशको स्वास्थ्य उपचार विधिको अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ चिकित्सकहरुको दक्षिण एशीयाली क्षेत्रीय सम्मेलन आयोजना गर्न लागि जानकारी दिइएको हो । सम्मेलनबाट चिकित्सकहरुलाई गुणस्तरीय उपचार सेवा प्रवाहमा टेवा मिल्ने मेला आयोजक समितिका अध्यक्ष प्राध्यापक डाक्टर प्रताप नारायण प्रसादले विश्वास व्यक्त गरे । 

२ दिनसम्म चल्ने सम्मेलनमा स्वदेशी करिव ४ सय तथा विदेशी १ सय ५० जना भन्दा बढि चिकित्सकहरु सहभागी हुनेछन । सम्मेलनको राष्ट्रपति विद्या भण्डारीले उदघाटन गर्नु हुने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप