शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुगाबेलाई महाअभियोग लगाइँदै

मङ्गलबार, ०५ मङ्सिर २०७४, १४ : ५९
मङ्गलबार, ०५ मङ्सिर २०७४

हरारे । जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । 

आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उनलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको बताइएको छ । 

उनको आफ्नै राजनीतिक दलले राजिनामा दिन भन्दा पनि नमानेपछि सो महाभियोग प्रस्ताव मङ्गलवार नै संसद्मा पेश गर्ने तयारी गरिएको बताइएको छ ।

सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो । तर सो समय सकिइसकेको छ, उनले राजिनामा दिएका छन् । 

सोही कारण नै उनलाई महाभियोग लगाउने तयारी गरिएको उक्त पार्टीका सदस्यहरुले नै जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप