बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहट बम काण्डका घाइते भेट्न अस्पताल पुगे प्रचण्ड (भिडियो)

मङ्गलबार, ०५ मङ्सिर २०७४, १९ : १५
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौँ ।  रौतहटको बम काण्डमा घाइते भएका दुई जनालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन मेडिकल कलेज पुगेका छन् ।

मंगलबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

मंसीर २ गते अज्ञात समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं १४ र १५ मा उपचार भइरहेको छ।

प्रचण्ड अस्पताल पुगेर उनीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिनका साथै शीर्घ स्वास्थ्य लाभको काम  पनि गरेका थिए । उनले डाक्टरहरुलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह पनि गरेका थिए ।

बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराउँदा दुई जनासहित अन्य छ जना घाइते भएका थिए । 

आइतबार मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्ड आज चितवन पुगेर चुनावी तथा श्रद्धाञ्जलीमा भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप