शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रलाई अन्यौलताबाट हटाउन स्थायी सरकार : मन्त्री  कोइराला

मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : ४०
मङ्गलबार, ०५ मङ्सिर २०७४

तनहुँ-   बामगठबन्धनका क्षेत्र नं २ का उम्मेद्वार आशा कोइराला र केदार सिग्देलले राष्ट्रलाई अन्यौलताबाट हटाउनका लागि स्थायी सरकार आवश्यक रहेको औल्याएका छन् ।
 व्यास नगरपालिका वडा नं ५ को कन्टारमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै बामगठबन्धनका द्धय नेताहरुले उक्त कुरा बताएका हुन् । अस्थीर सरकारले राष्ट्रलाई निकासा दिन नसकेका कारण अन्यौल छायो त्यसकारण बामगठबन्धनको मात्रै स्थायी सरकार बन्ने र जनताको पक्षमा योजना बनाएर कार्यन्वयन गर्न सकिने बताएका छन् । ५ वर्ष भित्र जनता र राष्ट्रको विकासको लागि बामगठबन्धन आवश्यक रहेकोले मतदाताहरुसंग जिताउन आग्रह गरेका थिए । सडक, सदन र हिसाँत्मक संघर्ष र कठोर मिहिनेतका साथ संविधान निर्माण भएको उल्लेख गर्दै यसलाई कार्यन्वयन गर्न सकेमात्र समाजबाद उन्मुख हुन सक्ने द्धय नेताहरुको जोड थियो । 
    अहिले तीन प्रकारको सरकार स्थानीय, प्रदेश र प्रतिनिधी रहेकोले कार्यन्वयन गर्ने अंग सहि किसिमले बन्न सकिएन भने यस अघिका संर्घष र बलिदानको कुनै अर्थ नहुने भएकोले पनि बामगठबन्धनको जीत आवश्यक रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप