शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको प्रचार टोलीमाथि बम प्रहार

मङ्गलबार, ०५ मङ्सिर २०७४, २१ : ००
मङ्गलबार, ०५ मङ्सिर २०७४

बागलुङ । चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार दिउँसो जंगलको बाटो हिँडिरहेको बेला बम प्रहार भएको हो । 

नजिकैबाट फालिएको बम रूखमा ठोक्किएर बाटो तल पुगेर विस्फोट भएको जनाइएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । सोही स्थानमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेका थिए । 

आज भएको बम विस्फोटमा संलग्नको पहिचान नभए पनि विप्लव समूहले नै गरेको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्नको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ । 

गएराति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङस्थित घरमा पनि बम विस्फोट गराइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप