शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नायब सुब्बाविरुद्ध मुद्दा दायर

मङ्गलबार, ०५ मङ्सिर २०७४, २१ : ०६
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व विभाग करदाता सेवा कार्यालय पुतलीसडकमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्ती मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

स्थायी लेखा नम्बर दर्ता खारेजी नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घूस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले केही दिन पहिले उनलाई पक्राउ गरेको थियो । 

नायब सुब्बा घर्तीले सेवाग्राहीसँग रु ६ हजार घूस मागेको आयोगले जनाएको छ । आयोगले नायब सुब्बा घर्तीलाई जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप