शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदानको प्रत्याभूति गर्न गृह प्रशासन प्रतिबद्ध’

मङ्गलबार, ०५ मङ्सिर २०७४, २२ : १०
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौँ - गृहमन्त्रालयले शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान गर्न पाउने जनताको हकको प्रत्याभूति गर्न गृह प्रशासन प्रतिबद्ध र तम्तयार रहेको जनाएको छ । 

गृह मन्त्रालका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले आज जारी ग/]को विज्ञप्तिमा शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदानको कार्यमा राजनीतिक दलका नेता, उम्मेदवार, मतदाता, कर्मचारी, नागरिक समाज र सञ्चारकर्मीलगायत सबै पक्षबाट सदा झैँ स्थानीय प्रशासनलाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरीएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, “मुलुक निर्वाचनमय भइसकेको वर्तमान अवस्थामा छिटफुट रुपमा देखिएका निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गर्दै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारजगत् र आम जनसमुदायलाई मजबुत सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन सजग र संवेदनशील रहेको व्यहोरा पुनः स्मरण गराइन्छ ।” 

मुलुकभरि निर्वाचनका राजनीतिक क्रियाकलाप साथै निर्वाचन व्यवस्थापनका सबै क्रियाकलापमा आवश्यकताबमोजिम सुरक्षा प्रदान गरिएको गृहले जनाएको छ । 

प्रथम चरणको निर्वाचन सुरक्षा व्यवस्थापनको क्रममा निर्वाचनपूर्व सुरक्षाको अन्तिम चरणका सुरक्षा कारबाही सञ्चालन भइरहेको तथा मतदानस्थलमा व्यवस्था गरिएको तीन घेरा सुरक्षा व्यवस्था र आवश्यकताबमोजिमको अन्य सुरक्षा तैनाथीहरु भइसकेको विज्ञप्तिमा उल्लेख छ । 

गृहले निरन्तर सूचना संकलन, विश्लेषण तथा आदानप्रदान र सोहीबमोजिमको पूर्वसावधानी तथा प्रतिरोधात्मक क्रियाकलाप समन्वयात्मक रुपमा कार्यान्वयन भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप