शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तर्क गर्नुहोस् तर, कुतर्क नगर्नुहोस्’

बुधबार, ०६ मङ्सिर २०७४, १० : ०७
बुधबार, ०६ मङ्सिर २०७४


तेजेन्द्र केसी

मानवअधिकार तथा शान्ति समाजद्वारा सञ्चालित नागरिक सेतु अभियान सकेर दाङबाट फर्केका मानवअधिकारकर्मी कृष्ण पहाडी बुटवलमा भेटिए । संवत् २०४५ देखि मानवअधिकार क्षेत्रमा क्रियाशील पहाडी मानवअधिकार तथा शान्ति समाज संस्थापक अध्यक्ष हुन् । दाङका विभिन्न राजनीतिक दल, संघ–संस्थासम्बद्ध प्रतिनिधिसँगको अन्तरसंवादपछि उनले बुटवलमा एकरात बिताए ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबारे धारणा राख्दै हिँडिरहेका उनले निर्वाचन भाँड्न खोज्ने नेकपालाई संकेत गर्दै संसद्बाट समस्या समाधान खोज्न सुझाए । आसन्न निर्वाचन रोकेर नरोकिने भएकाले निर्वाचन नभाँड्न विप्लव माओवादीलाई आग्रहसमेत गरे । सत्ताकेन्द्रित राजनीतिले समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले सत्ताकेन्द्रित राजनीतिमा लागेका राजनीतिक नेतामा स्वाभिमान नरहेको आरोप लगाए ।

‘राजनीतिक दलसम्बद्ध नेताले आरोप प्रत्यारोपको राजनीति छाड्नुपर्छ,’ उनको तर्क छ, ‘आरोप प्रत्यारोपको राजनीति नछोडे आन्तरिक र बाह्य शक्ति, आन्तरिक एकता, अखण्डतामाथि चलखेल हुन सक्छ ।’

राजनीति विकृत बन्दै गएको छ । ‘राजनीति धनबल र बाहुबलबाट चलेकै हो,’ उनले दाबी गरे, ‘अपराध र भ्रष्टाचारमा मुछिएकालाई संरक्षण गरिएकाले समाजमा अराजकता मौलाउँदै गएको छ । त्यस्तालाई विभिन्न राजनीतिक दलले पार्टीमा भित्र्याएका छन् । जुन सर्वथा गलत हो ।’

पहिलो चरणको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले तयार पारेको आचारसहिंता पालना नगर्ने दललाई कारबाही गर्न मानवअधिकारकर्मी कृष्ण पहाडीले निर्वाचन आयोगलाई आग्रह गरे । आयोगले विगतका निर्वाचनमा आचारसहिंता उल्लंघन गर्ने राजनीतिक दलसम्बद्ध नेतालाई कारबाही गर्न नसकेकाले निर्वाचनको समयमा अराजक गतिविधि हुने गरेको हो ।

मानवअधिकार आन्दोलन र बौद्धिकताको नाममा छाडापन देखिएकोमा उनी चिन्तित छन् । ‘आफ्नी आमालाई गाली गर्ने पनि मानवअधिकारको विषयमा पर्छ भन्नेहरू सल्बलाउन थालेका छन्,’ उनले सुनाए, ‘नेपाल आमा र नेपाली महिलालाई गाली गर्ने नै विखण्डकारी हुन् ।’

द्वन्द्वकालमा माओवादीले कब्जा गरेका सबै जग्गा–जमिन फिर्ता भएका छैनन् । ‘कब्जा गरिएका जग्गा चाँडै सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिनुपर्छ,’ उनले थपे, ‘फिर्ता गरेर माओवादीले भविष्यमा जग्गा कब्जा गर्ने छैनन् भन्ने प्रत्याभूति दिने अवसर यही हो । उसले यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’ त्यसो नगरे नेपाली माओवादीप्रति सकारात्मक बन्न सक्दैनन् ।

हिंसालाई फेसनका रूपमा व्याख्या गर्न थालिएको छ । यदि जोकोहीलाई रिस उठ्यो भन्दैमा बन्दुक उठाइहाल्ने प्रवृत्ति बढ्दो छ । ‘म हिंसा गर्छु । सम्झौता भइहाल्छ भन्ने मनोवृत्ति मौलाउँदै गएको छ,’ उनको बुझाइ छ, ‘हिंसा भनेको अपराध हो । हिंसा कायरले गर्छन् । चित्त नबुझेको विषय शान्तिपूर्ण रूपमा प्रस्तुत गर्ने हो । हिंसा सधैं गर्न खोज्ने विषय होइन ।’

मानवअधिकार आन्दोलन र बौद्धिकताको नाममा छाडापन देखिएकोमा उनी चिन्तित छन् । ‘आफ्नी आमालाई गाली गर्ने पनि मानवअधिकारको विषयमा पर्छ भन्नेहरू सल्बलाउन थालेका छन्,’ उनले सुनाए, ‘नेपाल आमा र नेपाली महिलालाई गाली गर्ने नै विखण्डकारी हुन् ।’

विखण्डकारीले त्यस्तो कुकर्म गरेका छन् । ‘कुकर्म निरन्तर गर्न दिनुपर्छ,’ उनले आक्रोश व्यक्त गरे, ‘उनीहरूले गाली गर्न पाउनुपर्छ भन्ने अराजक हाम्रै समाजमा छन् ।’ त्यस्तो प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । मानवअधिकार आन्दोलन भनेकै सद्भाव अभिवृद्धि गर्नु हो । तर, षड्यन्त्र गरेर घृणित प्रवृत्तिलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर विखण्डनलाई मानवअधिकारको कित्ताभित्र पर्छ भन्दै व्याख्या गर्नेहरू छन् । त्यो अत्यन्तै गलत हो । ‘त्यस्ता व्यक्ति, प्रवृत्ति र पात्रसँग संगत हुँदैन । ममात्रै होइन, मावनअधिकार तथा शान्ति समाजको पनि हुँनैन,’ उनले चुनौती दिए, ‘मुलुकमा विखण्डको सपना कसैले देख्छ भन्ने त्यसविरुद्धमा चट्टानसरी उभिनेछौं । राष्ट्रिय स्वाभिमानभन्दा ठूलो केही पनि छैन ।’ जब लोकतन्त्रमा छाडा प्रवृत्ति बढ्दै जाँदा लोकतन्त्र नै कृत्रिम बन्न सक्छ ।’

तीन दशक । सामान्य समय होइन । ३० वर्षदेखि मानवअधिकार क्षेत्रमा क्रियाशील कृष्ण पहाडी सुरुताका नेपाल मानवअधिकार संगठन संस्थापक सदस्य हुन् । त्यसपछि विभिन्न मावनअधिकार संस्थाको संस्थापक सदस्य र सभापति बने । उनले कतिपय संस्थासँग सम्बन्धविच्छेदसमेत गरेका छन् । भने, ‘मेरो जीवन पूर्णतया अहिंसा सद्भावमा समर्पित छ । जन्मेदेखि आजसम्म हिंसाको विपक्षमा छु । रहिरहनेछु ।’

‘हिंसा र घृणा समर्थन गर्ने मान्छे र संस्थासँग सम्बन्ध राख्नु मेरा लागि उपयुक्त हुँदैहुँदैन,’ म पहिले आबद्ध संस्थाहरूले हिंसा, घृणा, विखण्डन गर्न खोज्नेको कुतर्क गरेर मावनअधिकार क्षेत्रभित्र पर्छ भन्नेप्रति मेरो असहमति छ । त्यस्ता मानवअधिकारवादी संस्थासँग सम्बन्धविच्छेद गरिसकेको छु ।’

बीस वर्षदेखि पहेंलो पोसाक लगाउँदै आएका संखुवासभानिवासी पहाडीको बाल्यकाल मोरङको विराटनगरमा बित्यो । संवत् २०१९ मा जन्मेका उनले जीवनलाई रसमय बनाउन चाहन्छन् । उपाय के–के होलान् ? ‘पुस्तक पढ्छु । पुस्तक असल साथीका रूपमा जीवनभरि रहन्छ । बगैंचातिर टहलिन्छु । पार्कतिर घुम्छु ।’

सम्बन्धित मानिसको सम्पत्ति भनेकै स्वास्थ्य हो । शरीरलाई थकाउन सकिएन भने निद्रा पर्दैन । जस्तो काम गरेपछि आराम गर्दाको आनन्द खनिखोस्री साध्य छैन । आराम गर्नु भनेको सम्बन्धित मानिसको शरीरमा व्याट्री चार्ज गरेजस्तै हो । जसरी व्याट्री चार्ज गर्दा ऊर्जा प्रवाह हुन्छ । त्यसैगरी, शरीरलाई पनि ऊर्जा चाहिन्छ । त्यो भनेको मानिसका लागि निद्रा हो ।

‘थकान भएन भने शरीरमा विष उत्पन्न भएसरह हुन्छ । निदा पर्दैन,’ उनले भनाइ छ, ‘कर्म भनेको जीवनधारा व्यवस्थित गर्ने माध्यम हो । कर्म नगरे पनि ऊर्जा क्षय हुन्छ । कर्म गर्नुपर्छ । कुकर्म हँुदैन । कर्मलाई सुकर्ममा अनुवाद गर्ने प्रत्यन गर्नुपर्छ ।’ त्यतिमात्रै होइन, फुर्सद हुँदा घुमघाममा निस्कँदा उत्तम हुन्छ । ‘त्यो पनि सकिएन भने साथीभाइसँग जमघट गर्नुहोस् । तर्क गर्नुहोस्,’ उनले सुझाए, ‘तर, कुतर्क नगर्नुहोस् । चिन्तन गर्नुहोस् । जीवन आनन्ददायी हुन्छ ।’

सम्बन्धित मानिस असल व्यवस्थापक बन्न सक्यो जीवन त्यति नै सुन्दर र रमसय बन्छ । आफूलाई खराब व्यवस्थापन लगाए जीवन बोझ बन्न सक्छ । शारीरिकसँगै मानसिक रूपमा अभ्यास भएन भने अशान्तिको जड बन्छ । त्यसैले मानिसक रूपमा व्यस्त रहनुपर्छ । संसारभरिको बोझ आफ्नै काँधमा बोकेर हिँडेजस्तो भ्रम हटाउनुपर्छ । संसार हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहिरहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप