काँग्रेसका स्थानीय नेताको घरमा ‘सुतली बम’को आशंका
नुवाकोट -नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का सदस्य एवं नेपाली काँग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेट्टिएको छ ।
घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विस्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।
शंकास्पदवस्तु भएको स्थानलाई अहिले इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ । आज नै शिवपुरीको शेराबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महत जाने कार्यक्रमलाई लक्षित गरेर त्रास फैलाउन शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि नेता थापालाई नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारीले भदौ ३१ गते गाउँपालिका सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै मोसो दलेर दुव्र्यवहारसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत