शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रकाशको श्रद्धाञ्जली सभामा ढलेका जनवादी गायकको अन्तिम विदाई, ६ तस्बिरमा हेर्नुहोस्

बुधबार, ०६ मङ्सिर २०७४, ११ : ११
बुधबार, ०६ मङ्सिर २०७४

चितवन–  संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा मंगलबार आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा गीत गाउने क्रममा हृदयघात भएसँगै उपचारको निधन भएका जनवादी गायक खुशीराम पाख्रिनको आज अन्त्येष्टि गरिने भएको छ । 


उनको पार्थिव शरीर आज बिहान चितवनस्थित माओवादी पार्टी कार्यालयमा  श्रद्धाञ्जलीको लागि राखिएको थियो ।  श्रद्धाञ्जली दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेता कार्यकर्ता तथा सुभेच्छुक पार्टी कार्यालय पुगेका थिए । 

चिकित्सकका अनुसार हृदयघातका कारण उनको निधन भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म विसं २००९ मा भएको हो । ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् ।


 

फाेटाे : अारसी अधिकारी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप