बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ताप्लेजुङमा स्थानीय चुनावको बदला लिने प्रयासमा कांग्रेस

बुधबार, ०६ मङ्सिर २०७४, ११ : ३८
बुधबार, ०६ मङ्सिर २०७४

ताप्लेजुङ– गत स्थानीय निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह गुमाएको कांग्रेसले प्रतिनिधि सभा र प्रदेशसभामा भने बदला लिने तयारी गरेको छ । केन्द्रीय सदस्य केशव बुढाथोकी देखि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समेत जिल्ला आएर कांग्रेसको पक्षमा मत मागेका छन् । 

जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका बुढाथोकी लामो समयदेखि मतदाता भेटघाट र चुनावी गतिविधिमा सक्रिय छन् । यसैवीच बुढाथोकीको उपस्थितिमा फुङलिङमा बसेको कांग्रेस नगरसमितिको बैठकले विगतको चुनावमा भन्दा यसपटक कांग्रेसको अवस्थामा ल सुधार आएको निश्कर्ष निकालेको छ ।

बैठकमा फुङलिङ नगरपालीका क्षेत्रमा थप मिहेनत गरेमा नेपाली कांग्रेसको पक्षमा थप मत आकर्षित गर्न सकिने अवस्था रहेको पनि नगरकमिटीका सदस्यहरुले जानकारी गराएका थिए ।

सो बैठकमा स्थानिय तहमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका र पराजित भएका कार्यकर्ताहरुका साथै नगर र जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दोस्रो संविधानसभा  र भर्खर सम्पन्न स्थानीय निर्वाचनमा झिनो मतको अन्तरको पराजयबाट पार्टीले गुमाएको पद र प्रतिष्ठालाई यसपटकको प्रतिनिधिसभा र प्रदेश सभामा विजय हासिल गरी पुनस्थापित गर्न सकिने नेता बुढाथोकीले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप