शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ क्षेत्र नं. २ मा यस्तो छ माधव र दीपकको भिडन्त (फोटो/भिडियो)

बुधबार, ०६ मङ्सिर २०७४, १२ : ०८
बुधबार, ०६ मङ्सिर २०७४

शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नंं. २ का उम्मेदवार दीपक कुँइकेलले काठमाडौँको कोटेश्वर नरेफाँट क्षेत्रमा घर दैलो कार्यक्रमको शुभारम्भ गरे । कोटेश्वर उनका प्रतिस्पर्धी उम्मेदवारसमेत रहेका एमाले नेता माधवकुमार नेपालको घर भएको क्षेत्र हो । 

यता माधवकुमार नेपालले शुक्रबार दिउँसो काठमाडौँको डाँछी थलीको एक पार्टी प्यालेसमा संयुक्त वाम कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले माओवादीका कार्यकर्तालाई एकजुट भएर निर्वाचन प्रचार प्रसारमा होमिन निर्देशन दिए । डाँछी माधवकुमार नेपालका प्रतिस्पर्धी उम्मेदवार कुँइकेलको घर भएको स्थल हो । 

अन्यत्र जस्तै काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काङ्ग्रेसका स्थानीय नेतासमेत रहेका दीपक कुँइकेल र पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता माधवकुमार नेपालबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरू आफ्नो पक्षमा जित निकाल्नका लागि आन्तरिक तथा बाह्य तयारीमा जुटेका छन् । दीपक कुँइकेलले शुक्रबार काठमाडौैँको बज्रयोगिनीको घुमारचोकबाट औपचारिक रूपमा घर दैलो अभियान सुरु गरेर शनिबार कोटेश्वर, गैरीगाउँलगायतका क्षेत्रमा भोट मागे । त्यसपछि उनले काठमाडौँ क्षेत्र नं. २ का विभिन्न स्थानमा घर दैलो कार्यक्रम गरेर मत मागिरहेका छन् । यता एमाले वरिष्ठ नेता नेपालले पनि घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् । उनले मङ्गलबाट काठमाडौँको भीमसेनगोला, सिनामङ्गल क्षेत्रमा घरदैलो कार्यक्रम गरे । 

७० को चुनावमा दुवै विजयी : अब के होला ? 
२०७० सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रमा नेपाली काङ्ग्रेसकी उम्मेदवार प्रतिमा गौतमलाई माधवकुमार नेपालले पराजित गरेका थिए । उनले २१ हजार ७ सय ४८ मत ल्याएर विजय हासिल गरेका थिए । उनले रौतहट क्षेत्र नं. १ मा पनि चुनाव जितेपछि काठमाडौँ २ छोडेर रौतहट १ रोजेका थिए । त्यसपछि भएको उपनिर्वाचनमा एमालेका नेता कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै नेपाली काङ्ग्रेसका नेता दीपक कुँइकेल निर्वाचित भएका थिए । 

७० को उपनिर्वाचनमा कुँइकेलले १८ हजार २ सय मत ल्याएका थिए भने एमालेका कृष्णगोपालले १३ हजार ४ सय मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रका लिलामणि पोखरेलले ४ हजार ६ सय मत ल्याएका थिए । 

गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ २ मा काङ्ग्रेसले १४ हजार ५ सय १८, एमालेले १९ हजार १ सय ९६, माओवादीले ५ हजार ७ सय ३२ र राप्रपाले ५ हजार २७ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ९ सय २८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १९ हजार ५ सय ४५ मत रहेको छ । अर्थात वाम गठबन्धन ५ हजार ३ सय ८३ मतले अगाडि देखिन्छ । 

क्षेत्र नं. २ को मध्यभाग डाँछीका स्थायी बासिन्दासमेत रहेका कुँइकेल र कोटेश्वरका बासिन्दा नेपालबीच कडा प्रतिस्पर्धाको अवस्था रहेको छ । दुवै उम्मेदवारहरूले उक्त क्षेत्रमा विभिन्न प्रकारका विकास निमार्णको कामलाई आफ्नो एजेन्डा बनाएका छन् । यो क्षेत्रमा वाम गठबन्धनको मत जोडिँदा र पूर्व प्रधानमन्त्रीको हेभीवेटका कारण आफ्नो पक्षमा बढी मत आउने एमाले नेता माधव नेपाल पक्षको आसा छ भने क्षेत्र नं. २ जन्मथलो र कर्मथलो बनाएको र राप्रपाको झन्डै ५ हजार हाराहारीको मत पनि जोडिने भएका कारण दीपक कुँइकेलले राम्रो मत पाउने काङ्ग्रेसको आशा रहेको छ ।  

घरघरमा झन्डा राप्रपाको, भोट अरूको  
काठमाडौँ क्षेत्र नं. २ को दुर्गम क्षेत्र शङ्खरापुर १ का गाउँदेखि वडा नं. ६ र ७ वडामा रहेको साँखु बजार भरी राप्रपाको झण्डाले भरिएको छ । घर, रूख सबैतिर राप्रपाको झन्डा उल्लेख रूपमा राखिए पनि अन्य दलले भने झन्डा ब्यानर राखेका छैनन् ।

बजारमा चोकमा राप्रपाका झन्डा बोकेका किशोर युवाहरूको सानो समूह पनि भेटिन्छन् । राप्रपाले यसरी झन्डाको राजनीतिमा अरूभन्दा अगाडि देखिए पनि प्रतिनिधि सभा निर्वाचनमा नेपाली काङ्ग्रेसलाई समर्थन गर्दै उम्मेदवार उठाएको छैन भने प्रदेश सभामा भने गठबन्धनको मर्मविरुद्ध बागी उम्मेदवार उठाएको छ । 
 
प्रदेश सभा ख मा लोकतान्त्रिक गठबन्धनामा बागी 
काठमाडौँ क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनलाई बागी उम्मेदवारले पिरलेको छ । प्रदेश सभाको प्रत्यक्ष निर्वाचन अन्तर्गत क र ख दुवै सिटमा काङ्ग्रेसले उम्मेदवारी दिएको छ भने प्रदेश सभाको ख मा राप्रपाबाट पनि उम्मेदवारी परेको छ । प्रदेश सभाका लागि क बाट लोकश ढकाल र ख बाट मनहरी खड्काले उम्मेदवारी दिएका छन् । ख मा साँखुका राप्रपाका स्थानीय नेता रमेश नापितले पनि उम्मेदवारी दिएर चुनाव प्रचार प्रसारमा जुटेका छन् ।

शुक्रबार राप्रपाका नेता तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्रीसमेत रहेका विक्रमबहादुर थापाले साँखुको एक रेस्टुरेन्टमा कार्यकर्ता प्रशिक्षण गर्दै केही युवाहरूलाई पार्टी प्रवेशसमेत गराएका थिए । गत स्थानीय तहको निर्वाचनमा शङ्खरापुर नगरपालिकाको वडा नंं. ६ र ७ मा राप्रपा विजयी भएको थियो । 

वामपन्थीले २३ वर्षमा नसकेको काम ३ वर्षमा गरेँ : दीपक कुँइकेल, उम्मेदवार क्षेत्र नं. २

२०७० सालमा भएको दोस्रो संविधान सभाको उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ बाट दीपक कुँइकेल निर्वाचित भएका थिए । आगामी निर्वाचनमा फेरि प्रतिस्पर्धामा उत्रिएका कुँइकेलको आगामी एजेन्डा के–के छन् भन्ने सन्दर्भमा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा गरिएको सङ्क्षिप्त कुराकानी :
  
काठमाडौँ क्षेत्र नं. २ मा तपाईंको उम्मेदवारी केका लागि ? 
काठमाडौँ क्षेत्र नं. २ मा यस क्षेत्रका जनताले साथ दिएर मलाई संविधान सभामा पठाए, ३ वर्ष ३ महिना मेरो कार्यकालमा संविधान सभामा, संसदमा महत्वपूर्ण भूमिकाहरू निर्वाह गरे । यस क्षेत्रका विकास निर्माणका काममा यस क्षेत्रका योजनालाई अगाडि बढाउने क्रममा निरन्तर रूपमा अगाडि बढेँ । त्यसले गर्दा यहाँका दाजुभाइ दिदीबहिनीहरूले दीपक तिमी दोहोर्याएर आउनुपर्छ भन्ने धारणा राख्नुभयो । त्यसकारण मैले यसपालि पुनः उम्मेदवारी दिएको छु । 

तपाईंका मुख्य ऐजेन्डाहरू के छन् ? 

लोकतन्त्र र समृद्धि प्रमुख एजेन्डा रहेको छ । मेरो कार्यकालमा मेरो क्षेत्रमा बन्दै गरेको स्मार्ट सिटी, जुन आदरणीय नेता अर्जुननरसिंह केसी मन्त्री भएको बेला त्यो योजनालाई अगाडि बढाएको छु । त्यो योजनालाई मूर्त रूप दिएर अत्यन्त सुन्दर सहर हाम्रो क्षेत्रमा बनाउनुपर्नेछ । त्यो कार्यक्रमलाई अगाडि लिएर गैरहेको छु । मनहरा कोरिडोरलाई मैले अगाडि लिएर गैरहेको छु । ९ र ३२ नम्बर वडालाई अत्यन्त राम्रो बनाउन, जुन एयरपोर्ट र पुशपतिसँग जोडिएको छ, धार्मिक पर्यटक र विदेशीहरू आउँदा अत्यन्त सुन्दर सहर विकास गर्नुपर्ने अवस्था छ । 

साँखु सम्पदा बस्तीका रूपमा ऐतिहासिक पौराणिक सहरका रूपमा त्यसलाई विकास गर्नुपर्नेछ । बज्रयोगिनी घुमारचोक, पञ्चमहालक्ष्मी नेपाल माताको मन्दिरलाई ऐतिहासिक, आध्यात्मिक आधुनिक सहर बनाउनुपर्ने स्थिति छ । त्यसैगरी नाङ्लेभारे पटाप, धारापानी, कात्तिके, जर्सिङपौवा, पर्यावरणीय पर्यटनका रूपमा विकास गर्नुपर्नेछ । ३ वर्ष ३ महिनाको मेरो कार्यकालमा मैले यी योजनाहरू प्रारम्भ गरिसकेको छु । शैक्षिक क्षेत्रमा अगाडि बढाउन नाङ्लेभारेमा कृषि क्याम्पसदेखि लिएर तल्लो तहमा मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र अन्य देशले आवश्यक परेको जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरूको निर्माण मैले गरिरहेको छु । ती योजनालाई अघि बढाउन खोजिरहेको छु । ३ वर्ष ३ महिना मात्रै मैले काम गर्ने अवधि पाएँ । यो अवधिमा यी काम प्रारम्भ मात्रै भए । पेप्सीकोला ब्रह्मखेलको बाटो किशुनजीको पालमा सुरु भएको थियो । पूरा रोकिएको थियो । २३ वर्षसम्म यो क्षेत्रमा वामपन्थीहरूले जिते, बाटो रोकिएको थियो, साँखु बज्रयोगिनी, चौकिभञ्ज्याङको बाटो अघि बढाएको छु । धारापानी पटापको सडकलाई अघि बढाएको छु । जर्सिङपौवा, नाङ्लेभारे, फड्केश्वर सडकलाई अघि बढाएको छु । साँखु पालुवाबारी सडक निमार्ण गर्नलाई अगाडि बढाएको छु । त्यसैगरी काठमाडौँ र भक्तपुर जोड्न विभिन्न स्थानमा सडक र पुलहरूको कामलाई अगाडि बढाएको छु । ती कामलाई निरन्तर अगाडि बढाउन मैले उम्मेदवारी दिएको छु र यी कामहरू भर्खर प्रारम्भ भएको छ । त्यसले गर्दा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूले त्यो काम पूरा गर्नका लागि मलाई हिजो जुन अवसर दिनुभएको छ, त्यो काम पूर्ण गर्नका लागि मैले उम्मेदवारी दिएको छु । 

पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग तपाईं  चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, कत्तिको चुनौती महसुस गर्नुभएको छ ?   
उहाँ एमालेका वरिष्ठ नेता र पूर्वप्रधानमन्त्री माधव नेपाल, यहाँ चुनाव लड्न फेरि आउनुभएको छ । उहाँले एकपटक जितेर यस क्षेत्रका जनतालाई तिरस्कार गरेर गइसक्नुभएको थियो । रौतहट नै मेरो ठाउँ हो, म रौतहटमै जन्मेको हुँ, मेरो मतदाता नामावली पनि रौतहटमै छ भनेर भनेर यहाँका जनतालाई तिरस्कार र अपमान गरेर गएको नेता अहिले फेरी कुन मुख लिएर यहाँ आउनुभएको छ ? २०७० मा भएको चुनावमा उहाँले तिरस्कार गरेर गएपछि यो क्षेत्र माधव नेपालहरूको लालपुर्जा हैन भन्दै यहीँको माटोमा जन्मिएको, हुर्किएको, आफूमा चेतना आएदेखि नै सामाजिक, शैक्षिक क्षेत्रमा काम गरिरहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि दीपक कुँइकेललाई यो क्षेत्रको लालपुर्जा जनताले नासोको रूपमा दिए । जनताले यसलाई निरन्तरता दिनुपर्छ भनिरहेका छन् । अब बाहिरका पर्यटक नेताले यो क्षेत्रमा केही गर्दैनन् भनेर यहीँको बासिन्दा मलाई जनताले आफ्नो क्षेत्रमा केही गर्न अवसर दिए । 

यहाँ चाहिँ यहाँ आफुले पाएको पुर्जा कृष्णगोपाललाई हस्तान्तरण गरेर रौतहटमा गएर त्यही ठाउँ मेरो हो भनेर दौडिएर निरन्तर रूपमा त्यही लाग्नुभएको मान्छे हो । रौतहटमा मानिसहरूले किन उहाँलाई यहाँ पठाए, हामीलाई थाहा छैन । राजधानीका मान्छेहरू उहाँलाई खान दिन्छन्, बस्न दिन्छन् तर विश्वास र मत चाहिँ यहीँकै प्रतिनिधि, आफूले अपनत्व महसुस गर्ने प्रतिनिधि मत दिन्छन् । त्यसकारण उहाँलाई मत दिने अवस्था छैन् ।  

उहाँ सधैँ पहिलो पदमा रहनुभयो, २३ वर्षसम्म हाम्रो क्षेत्रमा केही काम गरेको पाइएको छैन । आजसम्म केही नगर्ने मान्छे र जनताको विश्वास छोडेर जाने मान्छेलाई यस क्षेत्रका नागरिकले मतदान गर्दैनन् । यहाँका जनताले आफ्नो मत आफैलाई हाल्छन् । आफैलाई मत हाल्नु भनेको आफ्नै क्षेत्रको दीपक कुँइकेललाई मत दिएर फेरि निरन्तरता दिनु हो । 

३ वर्ष ३ महिनाको कार्यकाल तपाईंले पनि सम्हाल्नुभयो, यो बीचमा तपाईंले पनि उल्लेख्य काम गर्न सक्नुभएन भन्ने गुनासो पनि पाइन्छ नि ?
मैले अघि पनि भनेँ, विभिन्न कामहरूको प्रारम्भ गरेँ, २०४८ सालमा शिलान्यास भएको पेप्सीकोला ब्रह्मखेल सडक मेरो पहलमा टेन्डर भएर काम अघि बढेको छ । दक्षिणढोका साँखु सडक विस्तार भइरहेको छ, पहिलो पटक यो सडक फराकिलो बनाउँदैछु । एमालेहरूले मनमोहन मार्ग नाम दिएको साँखु फड्केश्वर सडकमा जिल्ला विकास समितिबाट सामान्य पैसा जान्थ्यो, त्यसलाई सडक विभागमा पहल गरेर बाटो फराकिलो बनाउने तथा मर्मत गर्ने काम गरिरहेको छु । मनहरा करिडोरलाई मेरै कार्यकालमा अगाडि बढाएको हुँ, अहिले काम सुरु भइसकेको छ । स्मार्ट सिटी मेरै कार्यकालमा सुरु गरेको हुँ, यो काम अघि बढेको छ, एयरपोर्टका जनतामा जग्गाको मुआब्जाबाट सबै पीडित बन्दै आइरहेका थिए । जीवनबहादुर शाही पर्यटन मन्त्री भएका बेला बजेट विनियोजन गरेर त्यो समस्या हल गर्न लागेको छु । साँखुलाई सम्पदा बस्तीका रूपमा विकास गरेर लैजान बजेट बिनियोजन गर्न लगाएको छु । 

शङ्खरापुर नगरपालिकालाई कागेश्वरी नगरपालिकामा विलय गराउने कार्यको विरोध गर्दै ऐतिहासिक शङ्खरापुर कायम गराउन सबैभन्दा पहिला मैले नै संसदमा आवाज उठाएको हुँ । 

यस्तै मूलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान अहिले सम्पन्न हुन लागेको छ । यो काम अघि बढाउनका लागि मैले निकै पहलकदमी लिएर अघि बढाएको थिएँ । अहिले हाम्रो क्षेत्रका लागि यो गर्वको विषय बनेको छ ।

साँखु पालुवाबारी नगरकोट सडक विस्तारका लागि बजेट विनियोजन गरेको छु । चौकीभञ्ज्याङ, धारापानी, पटाप सडकका लागि बजेट विनियोजन गरेको छु । जर्सिङपौवामा नयाँ खानेपानी आयोजना अगाडि बढाएको छु । काँडाघारी खानेपानी आयोजना अगाडि बढाएको छु भने अन्य खानेपानी आयोजनाको स्तरोन्नति गराएको छु । मूलपानी स्वास्थ्य चौकी निर्माणको कामलाई अगाडि बढाएको छु भने अन्य स्वास्थ्य चौकीहरूको पनि स्तरोन्नतीको काम अघि बढाएको छु । यस्ता धेरै योजनाका कामहरू मैले अगाडि बढाएको छु र यी काम गुणस्तरीय ढङ्गले सम्पन्न गर्नका लागि जनताले मलाई साथ दिनुपर्छ । ३ वर्ष ३ महिनामा मैले जति काम गरेँ, वामपन्थीहरूले २३ वर्षमा पनि त्यति काम गरेका छैनन् । म भन्छु– २३ वर्षको काम एकातिर राखौँ र ३ वर्ष ३ महिनाको काम अर्कोतिर राखौँ, मैले धेरै गरेको छु । म सांसद हुनुभन्दा अगाडि पनि मैले आफ्नो क्षेत्रमा उल्लेख्य काम गरेको छु र आगामी दिनमा पनि आफ्नो क्षेत्रलाई समृद्ध, सम्पन्न बनाउन क्रियाशील भइरहनेछु । 
तपाईंको जितका आधार के–के छन् ? 

मेरो जितको आधार भनेकै मेरा जनता हुन् । जनताबाट जुन आगाध विश्वास, प्रेम र सद्भाव पाएको छु, त्यही नै मेरो जित्ने आधार हो । यस २ नम्बर क्षेत्रका आदरणीय मतदाता दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु कि अहिले अत्यन्तै महत्वपूर्ण समयमा चुनाव भएको छ, आफ्नो क्षेत्रको उज्ज्वल भविष्यका लागि यहाँको माटो छोएर, आफ्नो ठाउँको प्रतिनिधिलाई विजयी गराउन आग्रह गर्दछु । 

रातोपाटी @ ब्याटल ग्राउन्ड 

प्रचण्डलाई भोट माग्दै ओलीले भने, ‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच बर्ष सरकार चलाउँछौं !’

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

एमाले महासचिव पोखरेलको ब्याटल ग्राउन्ड : हारलाई उल्टाउने अन्तिम प्रयत्न

ब्याटल ग्राउन्ड काठमाडौं १– अनिलको अनुहारमा मदनको झल्को !

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्र पौडेल र किसानको प्रचार शैली : तुलब्यानर थोरै, घरदैलो धेरै (फोटोफिचर)

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

ब्याटल ग्राउन्ड : रामचन्द्रको ‘गढ’मा किसानको हमला : के भन्छन् तनहुँका जनता ?

गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप