शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ चाउचाउ बजारमा

बुधबार, ०६ मङ्सिर २०७४, १२ : १५
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौं–नेपाली बजारमा बिभिन्न कम्पनीले फरक–फरक स्वाद र शैलीका नुडल्स (चाउचाउ) हरु भित्र्याइरहेका छन् ।
 यसै मेसोमा कोरियन ब्राण्डको चाउचाउ बजारमा बिक्री सुरु भएको छ । एभरेष्ट ट्रेडिङ कम्पनी कोरिया मार्फत ओकतुगी, नोङघी र रामेन ब्राण्डका चाउचाउको बिक्रि सुरु भएको हो ।
 नेपाली जिब्रो र स्वादलाई केन्द्रमा राखेर यो ब्राण्डको चाउचाउ बिक्री सुरु गरिएको एभरेष्ट ट्रेडिङ कम्पनीले जनाएको छ ।
हाल भाट भटेनी सुपर मार्केटका शाखाहरुबाट यसको बिक्री भइरहेको छ । सुरुवाती चरणमा ‘सेल्स एण्ड टेष्टिङ प्रमोशन’ का लागि नोभेम्वर ३० सम्म भाट भटेनी सुपर मार्केटका ब्रान्चहरुमा यो नुडल्सको स्वाद निशुल्क चखाइँदैछ ।
 अहिलेसम्म झण्डै सात हजार ग्राहकलाई यस्को स्वाद चखाई सकेको र उनीहरुले परम्परागत भन्दा फरक स्वाद रहेको प्रतिक्रिया दिएका कम्पनीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप