बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वाम गठबन्धनले जिते  देशमा चुनाव हुन दिँदैनन्ः कांग्रेस

बुधबार, ०६ मङ्सिर २०७४, १४ : ५७
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौं– सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसले बाम गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने आरोप लगाएको छ । 

नेपाली काँग्रेसका नेता एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुनै नदिने गरी कम्युनिष्टहरुको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दिएको तर्क समेत गरे । 

उनले  पाँच वर्षका लागि हुने आवधिक निर्वाचनका बेला ५० वर्षसम्म शासन गर्ने कुरा गर्नुलाई आफ्नो पार्टीले गम्भिर रुपमा लिएको प्रतिक्रिया पनि दिए । 

 ओली र दाहालले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकमा ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिँदै आएका छन । 
बुधबार पार्टी निकट बुद्धिजीविहरुमाझ काँग्रेस नेता खाँडले ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिष्टहरुले मुलुकमा निर्वाचननै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि भएको पनि दावी गरे । 
उनले  मुलुकको सबैभन्दा बढि राष्ट्रवादी शक्ति पनि आफ्नै पार्टी भएको दाब िसमेत गरे । 

काँग्रेस नेता खाँडले कानुन विपरित भएकाले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरिएको ठेक्का सम्झौता रद्द गर्नु परेको दाबी पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप