शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पले थिचेको घरमा चुनावको भारी ! (फोटोफिचर)

बुधबार, ०६ मङ्सिर २०७४, १५ : ०९
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौं– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन संघारमा आइसकेको छ । सवैजसो राजनीतिक दल र तिनका उम्मेदवारहरु चुनाव प्रचारप्रसार सहित घरघरमा मत माग्न हिँडिरहेका छन् । 

उनिहरुले विकास र सम्बृद्धिका ठुला ठुला योजना सुनाउदै मत मागिरहेपनि काठमाडौको मुटु मानिने असन, इन्द्रचोक, मख्खन लगायतका भित्री स्थानमा टेकोका भरमा अडिएका घरहरुले दल र नेताहरुलाई गिज्जयाइरहेका छन् ।

बरु तिनै भुकम्पले जीर्ण र थला बनाएका पुराना घरहरुलाई राजनीतिक दलहरुले आफ्ना झण्डा र उम्मेदवारका फोटा राखेर लाचार बनेका छन् । झण्डै ४ बर्षदेखि टेकोका भरमा ठडिएका यी घरहरु प्रत्यक चुनावका बेला सवैजसो पार्टीका चुनाव प्रचार प्रसार गर्ने गतिले माध्यम बनेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप