शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

११ जना सवार अमेरिकी जल सेनाको विमान समुद्रमा खस्यो

बुधबार, ०६ मङ्सिर २०७४, १५ : २१
बुधबार, ०६ मङ्सिर २०७४

टोकियो । अमेरिककी जल सेनाको विमान जापनको ओकिनावाको दक्षिण पश्चिमा रहेको समुद्रमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी जल सेनाले जारी गरेको विज्ञप्तिमा यात्रु र चालक दलका सदस्यसहित विमानमा ११ जना सवार रहेको उल्लेख छ ।
दुर्घटना बुधबार दिउँसो स्थानीय समय अनुसार २ बजेर ४५ मिनेटमा भएको थियो ।

यात्रु र चालक दलका सदस्यहरुको नाम अहिलेसम्म खुलाइएको छैन ।

अहिले खोजी र उद्धार कार्य जारी रहेको र युएसएस रोनाल्ड रेगनका मेडिकल स्टाफले विमानमा सवारहरुको स्वास्थ्य स्थितिबारे जानकारी गराउने बताइएको छ ।

विमान फिलिपिन्सको समुद्रमा रहेको युएसएस रोनाल्ड रेगन युद्धपोतका लागि उडेको थियो । 

दुर्घटनाको कारण अझै खुलाइएको छैन । तर, जापानका रक्षामन्त्री इटसुनोरी ओनोडेराले अमेरिकी जल सेनाका अधिकारीहरुलाई उद्धृत गर्दै विमानको इन्जिनमा समस्या देखिएपछि दुर्घटना भएको जानकारी दिएका छन् ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप