शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हात्ती र अर्नाबाट जोगिन योजना बनाउन पहल

बुधबार, ०६ मङ्सिर २०७४, १६ : २६
बुधबार, ०६ मङ्सिर २०७४

राजविराज - कोशी टप्पु वन्यजन्तु आरक्षबाट रातिको समयमा हात्ती, अर्ना र अन्य जनावर निस्केर सप्तरीको पश्चिम तथा सप्तकोशी र कञ्चनरुप नगरपालिकाका जनतालाई दिनुहँु दुःख दिइने गरिन्छ । 

जंगली जनावरबाट जोगिन आरक्ष प्रशासनसँग मगलबार दीर्घकालीन तथा अल्पकालीन योजना बनाउन पहल शुरु भएको छ । 

हात्ती, अर्ना लगायतका जंगली जनावरबाट जोगिन र समय समयमा मानवीय क्षति व्यहोर्नुपरेको भन्दै स्थानीयवासीले कञ्चनरुप नगरपालिकाले आरक्षका संरक्षित अधिकृत श्यामकुमार साहसँग छलफल गरेको कार्यक्रममा सहभागी स्थानीयवासी राजकुमार पासवनले बताउनुभयो । 

सो अवसरमा आरक्षका संरक्षित अधिकृत साहले आरक्षबाट हात्ती र अर्नाले बालीनालीमा क्षति पु¥याएको हुँदा प्रक्रिया मिलाएर राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान भएको कोशी टप्पु वन्यजन्तु आरक्षलाई सिमसार क्षेत्रको विकास गर्न सकिने बताउँदै उहाँले कोशीटप्पु आरक्ष वरिपरीका जनतालाई समेटर ठूलो परियोजना ल्याइयो भने कोशी टप्पुलाई संरक्षण, प्रवद्र्धन र पर्यटक क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभयो । 

कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रले आरक्षभित्रका अर्ना, हात्तीबाट बच्ने उपाय गर्नुपर्ने बताउँदै मानवीय क्षतिलाई न्यूनीकरण गर्न प्रभावकारी योजना ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

बैठककमा नगरपालिकाका प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागार्इंले आरक्षको संरक्षण र प्रवद्र्धनका लागि सम्बन्धीत सबै पक्ष लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप