शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन नम्बर प्रदेशको राजधानी नुवाकोट हुनुपर्छः डा. लोहनी

बुधबार, ०६ मङ्सिर २०७४, १६ : २९
बुधबार, ०६ मङ्सिर २०७४

नुवाकोट– एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष  डा प्रकाशचन्द्र लोहनीले  तीन नम्बर प्रदेशको राजधानी नुवाकोट हुनुपर्नेमा जोड दिएका छन् । 
उनले त्यसका लागि नुवाकोटका सबै दलहरु एकजुट भएर  अघि बढ्नुपर्ने धारणा समेत राखे । 
बिदूरमा बुधबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै लोहनीले नुवाकोट प्रचूर सम्भावना बोकेको जिल्ला भएको बताए । 
संवैधानिक राजसंस्थासहितको हिन्दुराष्ट्रको स्थापना  पार्टीको मुख्य एजेण्डा भएको बताउँदै लोहनीले   भ्रष्टाचार नियन्त्रण  र अहिलेसम्म भएका  भ्रष्टाचारीको भण्डाफोर  गर्नुपर्नेमा जोड दिए । 
 भ्रष्टचारीको भण्डाफोर गर्न सरकारलाई चुनौति दिँदै सबै नेताहरुको एकएक गरी सम्पत्ति छानबिन हुनुपर्ने बताए । 
 अर्को प्रसंगमा लोहनीले नुवाकोटमा रातारात  सिडियो साटिनु आपत्तिजनक भएको भन्दै सरकारले यसरी गलत  निवर्णय गर्दापनि निर्वाचन मुकदर्शक बनेको आरोप लगाए । 
  यस्तै उनले सत्ता प्रप्तिको उद्देश्य बोकेका दलहरुसँग गठबन्धन हुन नसक्ने बताउँदै भने–   कांग्रेस र वाम गठबन्धन सत्ता प्रप्तिको उद्देश्यले प्रेरित छन् । सत्ता प्रप्तिको गठबन्धनमा हाम्रो सहभागि हुँदैन ।’
उनले सत्ता प्राप्तिका लागि उत्तर दक्षिण धाउने परिपाटी रहेको भन्दै छिमेकीसँग समानताको सम्बन्ध हुनुपर्ने जोड दिए । 
नुवाकोटमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाहेक प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रदेशका सबै क्षेत्रहरुमा  पार्टीको उम्मेदवारी रहेको प्रचारविभाग सदस्य  सुन्दर पाण्डेले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप