शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विकास, समृद्धि तथा मधेशीको हक अधिकारका लागि वाम गठबन्धन

बुधबार, ०६ मङ्सिर २०७४, १६ : ३३
बुधबार, ०६ मङ्सिर २०७४

सप्तरी - पूर्वमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य उमेश यादवले मधेसको विकास, समृद्धि तथा मधेशीको हक अधिकार पूरा गराउन वाम गठबन्धनलाई निर्वाचनमा विजय गराउनुपर्नेमा बताउनुभएको छ । 

आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“मधेस केन्द्रीत दलका कारण नै मधेसको विकास र समृद्धि हुन सकेको छैन् ।” 
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सदस्यका उम्मेदवार समेत रहनुभएका यादवले देशको प्रत्येक आन्दोलन तथा जनताको अधिकारको लडाइँमा वामगठबन्धनको भूमिका अग्रगामी रहेकाले विकास, समृद्धि र प्रगतिका लागि वामगठबन्धनको विकल्प नरहेको बताउनुभयो । 
आफ्नो प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफूले समर्थन नगरेको उहाँले स्पष्ट पार्नुभयो । 

पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धन विजयी हुने भएकोले त्यसबाट धेरै नेता तथा राजनीतिक दल हतोत्साहित भएको उल्लेख गर्दै सबै दलले वामगठबन्धनलाई समर्थन गर्नुपर्नेमा जोड दिनुभयो । 

सप्तरी क्षेत्र नं। २ प्रदेशसभा सदस्य ९ख० का उम्मेदवार महेशप्रसाद यादवले सप्तरीको विकासका लागि आफुले स्पष्ट प्रतिबद्धता पत्र जारी गरेको बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप