बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना

बुधबार, ०६ मङ्सिर २०७४, १६ : ३७
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

प्रधानमन्त्री देउवाले आज राजधानीको ओम अस्पतालमा उपचाररत नेता निधिलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । 

आजै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता निधि जिल्लामा चुनावी अभियानका क्रममा धुलोधुवाँका कारण श्वास फेर्न असहज महसुस गरेपछि गत सोमबारदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्छ । 

उहाँलाई पेटरोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुवोधसागर ढकाललगायतको टोलीले उपचार गरिरहनुभएको छ । चिकित्सकले उहाँलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् । 

नेता निधि गत कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृह जिल्ला धनुषामै हुनुहुन्थ्यो । 
––– 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप