मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा निधिलाई भेट्न ओम अस्पताल

बुधबार, ०६ मङ्सिर २०७४, १७ : २०
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार यस ओम हस्पिटलमा उपचार गराइरहनु भएका नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटको क्रममा प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले पनि मंगलवार अस्पतालमा आएर निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । निधिको उपचारमा पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोली संलग्न रहेको छ । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप