शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसलाई बुद्धिजीविहरुको यस्तो सुझाव

बुधबार, ०६ मङ्सिर २०७४, १७ : ३८
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडाैं-बुद्धिजीविहरुले मर्यादित तवरले चुनावी प्रचार अभियानलाई अघि बढाउन नेपाली काँग्रेसलाई सुझाव दिएका छन् ।

पूर्वसचिव कृष्ण ज्ञवालीले विपक्षहरुको आरोपको खण्डन गर्दा पनि सम्मानित भाषाको प्रयोग गर्न काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराए ।

बुधबार काँग्रेसको चुनावी घोषणा पत्रमाथिको छलफलमा भाग लिँदै उनले मुलुकलाई समृद्ध बनाउने आधारभूमिसहितको अभिव्यक्त दिन पनि काँग्रेसका उम्मेदवारहरुलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै पर्यटनवीद् प्रचण्डमान श्रेष्ठले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिने विषयलाई काँग्रेसले जोड दिनुपर्ने धारणा राखे । उनले पर्यटन क्षेत्रको विकासबाट मुलुकमा १० वर्ष भित्र ३५ लाखभन्दा बढिलाई रोजगारी दिने सकिने आधार चुनाव प्रचारको मुख्य एजेन्डा बनाउन पनि काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराए ।

अर्थविद् प्राध्यापक डाक्टर जगदिशचन्द्र पोखरेलले मुलुकको समृद्धिका लागि लोकतन्त्रसहितको स्थायित्व र विकासमा नेपाली काँग्रेसले जोड दिनुपर्ने धारणा राखे ।

राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष समेत रहेका उनले लोकतन्त्रसहितको स्थायित्व र विकास काँग्रेसको चुनावी नारा हुनुपर्नेमा पनि जोड दिए ।

अर्का अर्थविद् डा. विश्व पौडेलले जलविद्युत क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिने विषयलाई चुनावको एजेन्डा बनाउन काँग्रेसलाई सुझाव दिए ।

उनले  जलविद्युत क्षेत्रको विकासबाट नेपालले आर्थिक समृद्ध गर्छ भन्ने विषय यथार्थपरक हुने भएकाले जनताको विश्वास जित्न सकिने धारणा पनि राखे ।

बुद्धिजीविहरुले चुनावका बेला जनतालाई आश्वासन दिने भन्दा पनि मुलुकलाई समृद्ध बनाउनुपर्ने विषयलाई राजनीतिक दलहरुले चुनावी एजेन्डा बनाउनुपर्नेतर्फ पनि सचेत गराएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप