शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको  यस्तो आशा

बुधबार, ०६ मङ्सिर २०७४, १७ : ५६
बुधबार, ०६ मङ्सिर २०७४

हरारे – जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ । 

उहाँले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान र नाराबाजी गरिरहेका छन् । राष्ट्रपति मुगाबेलाई हटाउन यहाँको सत्तारुढ तथा विपक्षी दलले नै संसदमा महाभियोग दर्ता गर्ने प्रकिया शुरु गरेका थिए । 

सो प्रस्तावका लागि प्रक्रिया सुरुभए लगत्तै उहाँले अप्रत्यासित राजीनामा दिनुभएको हो । सो अभियोगका बारेमा सभामुखले संसदमा नै उक्त पत्र पढेर नै सुनाउनुभएको थियो । 

मङ्गलबार नै सांसदहरुले सो घोषणाको समर्थन पनि गरेका थिए । तर मतदानमा भने लगिएको थिएन । यसैबीचमा उहाँले राजिनामाको घोषणा गरेपछि जिम्बावेका नागरिकहरु खुसियाली मनाउन सडकमा निस्किएका थिए । 

मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन मनाङ्ग्वालाई दुई हप्ताअघिमात्र पदबाट हटाउनुभएको थियो । त्यस लगत्तै जिम्बावेको सेनाले जिम्बावेको शसान सत्ता हातमा लिएको घोषणा गरेको थियो । 

सत्तारुढ जानु पिएफ दलका अधिकारीहरुले अब वैधानिक हिसाबले नै यसअघि हटाइएका उपराष्ट्रपति मनाङ्गाग्वाले नै बिहीवारसम्ममा राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने जनाएका छन् । यहाँको विपक्षी दलले भने जिम्बावेमा आगामी केही महिनामा नै स्वतन्त्र र निष्पक्ष रुपमा आम निर्वाचन गरी राजनीतिक निकास दिनुपर्ने बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप