शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. आराजु भन्छिन्,‘धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु’

बुधबार, ०६ मङ्सिर २०७४, १८ : २४
बुधबार, ०६ मङ्सिर २०७४

कैलाली – नेपाली कांग्रेसकातर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने योजना रहेको बताए ।

धनगढी उपमहानगरपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाएर मुलुककै आर्कषक शहरका रुपमा विकसित गर्ने योजना रहेको बताए । 

कैलालीका धेरै किसान कृषिमा आबद्ध भएको बताउँदै उनले यही जिल्लामा मलखाद उत्पादन गर्ने कारखाना स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेतृ राणाले कैलाली कञ्चनपुरका नाका व्यवस्थित गर्न, पञ्चेश्वर परियोजना, गेटा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र सेती परियोजनादेखि सुख्खा बन्दरगाहासम्मका योजना अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप