बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसकारण हुन्छ ग्यासको समस्या, यसरी गर्नुहोस् समाधान

बुधबार, ०६ मङ्सिर २०७४, १८ : ३५
बुधबार, ०६ मङ्सिर २०७४

धेरै जसो मानिसहरुलाई ग्यासको समस्याले सताउने गरेको छ । तर, धेरै यसलाई सामान्य कुरा सम्झेर वेवास्ता गर्ने गरेका छन् ।

तर, ग्यासले भोक कम हुने, छाती दुख्ने, श्वास लिन गाह्रो हुने या पेट फुलिने जस्ता समस्याहरु देखिन्छन् । यदी तपाईंलाई ग्यासको समस्या छ भने यसको सजिलै उपचार गर्न पनि सकिन्छ ।

यस्ता छन् ग्यासको समस्या हुनका कारण र समस्याको समाधान :

१.ब्याक्टेरिया
पेटमा ब्याक्टेरियाको सन्तुलन बिग्रिँदा ग्यास बन्ने गर्छ । यो सन्तुलन कयौँ पटक कुनै बिरामीको कारण पनि बिग्रने गर्छ ।

के गर्ने ?
लसुन, प्याज, गेडागुडीका कारण ब्याकटेरियाको सन्तुलन बिग्रने गर्छ । यस्तो बेलामा यी खानाहरुबाट टाढा रहनुहोस् ।

२. दुग्ध उत्पादन
उमेर बढेसँगै मानिसहरुको पाचन शक्ति कमजोर हुन थाल्छ । यस्तोमा दुध वा दुधबाट बनेको उत्पादन (दही छाडेर) ठीक तरिकाले पच्दैन र ग्यास बन्छ ।

के गर्ने ?
४५ वर्ष माथिकाहरुले आफ्नो खानामा दहीलाई मात्र राख्ने । बाँकी दुग्ध उत्पादनको प्रयोग कम गर्ने ।

३.कब्जियत
कब्जको समस्याले शरीरमा रहेका विषाक्त तत्वहरु सही तरिकाले बाहिर आउन सक्दैन । यसको कारण ग्यासको समस्या देखिन्छ ।

के गर्ने ?
दिनमा ८ देखि १० ग्लास पानी पिउने । खानामा फाइबर वाला खानाको मात्रा बढाउने

४.एन्टिबायोटिक
केही एन्टिबायोटिक औषधीको साइड इफेक्टले पेटमा राम्रो व्याक्टेरियाको मात्रा कम हुन्छ । यसले पाचन प्रक्रियामा असर गर्छ र ग्यास बन्छ ।

के गर्ने ?
यदी एन्टिबायोटिक्स लिँदा ग्यास बन्ने समस्या आयो भने डाक्टरको सल्लाहमा ग्यास्ट्रो रेजिस्टेन्ट औषधी लिने ।

५ छिटो खाने बानी
कयौँ पटक चाँडो–चाँडो खाना खाँदा खाना राम्ररी चपाइँदैन । यसको कारण ग्यासको समस्या हुन सक्छ ।

के गर्ने ?
खाना खाँदा आरामले चपाएर खोन । ताकि सजिलै पचाउन सकियोस् । खाना खाँदा कुरा नगर्ने ।

६. खानाको एजर्जी
पाउरोटी पिज्जाजस्ता खानाको कारण केही व्यक्तिलाई पाचनको समस्या आउने गर्छ । यस्तो एलर्जीको कारण पनि हुनसक्छ । एलर्जीको कारण पनि पेटमा ग्यासको समस्या देखिन्छ ।

के गर्ने ?
मैदाबाट बनेको खानेकुरा वा जंक फुड र तेलमा तारेको खाना नखाने ।

७. हर्मोनमा परिवर्तन
कयौ पटक उमेरसँगै शरीरमा हुने हर्मोनको परिवर्तनका कराण पाचन प्रक्रियामा समस्या देखिने गर्छ । यसबाट शरीरमा ग्यास बन्नेगर्छ ।

के गर्ने ?
सन्तुलित आहार खाने र दैनिक कम्तिमा ३० मिनेट व्यायाम गर्ने । यसले पाचन प्रक्रियामा सुधार गर्न मद्दत गर्छ ।

८. मासुजन्य खानेकुरा
मासुजन्य खानेकुरा पचाउन अलि बढी समय लाग्छ । यदी ठीकसँग पाकेको छैन भने पाचन प्रक्रिया अझ ढिलो हुन्छ । यसले ग्यासको समस्या हुन्छ ।
के गर्ने ?
रातीको समयमा मासुजन्य खानेकुरा नखाने । खाने नै हो भने राम्रोसँग पकाएर खाने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप