शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो तनहुँमा नमुना मतदान

बुधबार, ०६ मङ्सिर २०७४, १८ : ३६
बुधबार, ०६ मङ्सिर २०७४

किरण श्रेष्ठ 
तनहुँ –चुनाव आउन दुई हप्ता मात्र बाँकी रहँदा तनहुँमा नमुना मतदान  गरिएको छ ।  पहिलो चरणमा मतदानस्थल तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत, प्रमुख जिल्ला अधिकारी, व्यास नगरपालिकाका प्रमुख र व्यास नगरपालिकाका सर्वसाधारण लाई नमुना मतदान गराइएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँको आयोजनामा बुधवार दमौलीको अनसन चौतारी नजिक खेलमैदानमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । 

नमुना मतदानले सुदृढ र प्रभावकारी बनाउन सहज हुने उद्धेश्यले नमुना मतदान कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख बाबुराम घिमिरेले जानकारी दिए । 

उनले मतपत्रमा स्वस्तिक छाप लगाउँदा एक पटक मात्र लगाउनुपर्ने र मसी लागेन भनेर दोहोराउन नहुने बताए । नमुना मतदानमा सहभागि भएकी व्यास १ निवासी पूर्णिमा गुरुङले स्थानीय तहको निर्वाचनमा मत दिन सजिलो हुने गरेपनि प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा तीन प्रकारको मतपत्र हुदाँ मतदाता झुक्किने हुदाँ सिकाउन जोड दिनुपर्ने बताइन् ।

उक्त कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, मुख्य निर्वाचन अधिकृत, सहाय निर्वाचन अधिकृत लगायतको सहभागिता रहेको थियो ।
 
 उक्त नमुना मतदान केन्द्रमा ६० जनाले मतदान गरेको बताइएको छ । ६० जनाले मत हालेको भए पनि मत नगन्दा कति मत बदर भयो भन्ने बारेमा थाहा नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दोस्रो चरणमा जिल्लाको ५ स्थानका मतदातालाई नमुना मतदान गराइने कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप