शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्टले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजे: वरिष्ठ नेता पौडेल

बुधबार, ०६ मङ्सिर २०७४, १९ : १२
बुधबार, ०६ मङ्सिर २०७४

सुन्दरबजार (लमजुङ) – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्रले संसदीय व्यवस्था स्वीकार्ने शक्तिले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेको बताए ।  

नेपाली काँग्रेस सुन्दरबजार नगरपालिकाले आज खत्रिठाँटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले बाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न खोजेको आरोप लगाए । ‘महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन’ – वरिष्ठ नेता पौडेलले भने । 

वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर, मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरुसँग देश र जनताको माया नभएको तर्क गरे । । उनले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गरे । 

नेपाली काँग्रेस गरीबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वाभलम्वन बनाउन चाहेको उनको भनाई थियो । उनले संसदीय प्रणाली व्यवस्थालाई वेवास्था गर्ने र एकदल लाद्न खोज्ने एमालेलाई जनताले धुलो चटाउने बताए । संसारमा थोत्रो भएर फालिएको कम्युनिष्ट व्यवस्थालाई जनताले स्वीकार्न नसक्ने पौडेलको तर्क थियो । 
 
राष्ट्रलाई बलियो र उन्नती गर्ने साथै सिद्धान्त भएको पार्टी काँग्रेस भएको भन्दै काँग्रेसविनाको मुलुक कल्पना गर्न नसकिने बताए । ‘बहुदलीय पद्धतीमा आएको कम्युनिष्ट फेरि एक भएर मुलुकमा तानशाह जन्माउन खोज्दैछ, यसलाई रोक्नका लागि भएपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ,’– नेता पौडेलल भने ।

उनले मुलुकका हरेक परिवर्तन नेतृत्व काँग्रेसले गरेको भन्दै अब सम्बृद्ध राष्ट्र निर्माणको नेतृत्वपनि काँग्रेसले गर्ने बताए । नेता पौडेलले काँग्रेसहरु एक भए देशभर काँग्रेसको बहुमत आउने एक भएर निर्वाचनमा लाग्न सबैलाई आग्रह समेत गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप