बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युट्यूवमार्फत प्रकाशमानलाई भोट मागेको भन्दै  रत्नराज्यकी प्राचार्य शिवाकोटीसँग स्पष्टीकरण माग

बुधबार, ०६ मङ्सिर २०७४, १९ : १६
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौं, मंसिर ६ । काठमाडौँको नयाँ बानेश्वयस्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयकी प्राचार्य डा. गीता शिवाकोटी खरेलसँग दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दलको निर्वाचन प्रसारप्रसारमा सहभागी भएका कारणले उनलाई आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले उनीसँग सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ :

 ‘‘प्रस्तुत विषयमा तपाईले सामाजिक सञ्जाल युट्यूवमार्फत काठमाडौं क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार श्री प्रकाशमान सिंहको पक्षमा मत मागिरहेको श्रव्य दृश्यसहितको सूचना आयोगमा प्राप्त हुन आएको छ । यहाँजस्तो सार्वजनिक पदमा रहेको व्यक्तिले यसरी कुनै दल वा उम्मेदवारको पक्षमा मत माग्ने कार्य निर्वाचन आचार संहिताविपरीत देखिएको हुँदा तपाईलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेवापत कारबाही किन हुनु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २ (दुई) दिनभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप