शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्वपति विनोध चौधरीले यसरी खोले काँग्रेसमा लाग्नुको रहस्य

बुधबार, ०६ मङ्सिर २०७४, १९ : ३३
बुधबार, ०६ मङ्सिर २०७४

ओखलढुंगा – नेपाली काङ्ग्रेसका नेता एवं उद्यमी विनोद चौधरीले आफूले थालेको उद्यमशीलता विकासको अभियान भावी पुस्तालाई सुम्पन चाहेको बताएका छन् । 

आफ्नो राजनीतिक भेटघाटका क्रममा बुधबार ओखलढुंगाको रामकोट पुगेका चौधरीले आफू नेपाली कांग्रेसको राजनीतिमा लाग्नुको रहस्य खोल्दै यस्तो बताएका हुन् । मंगलबार सोलुखुम्बुमा आयोजित कार्यक्रममा सहभागी भएका चौधरी ओखलढुंगाका कांग्रेस नेता एवं प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडाको आग्रहमा बुधबार ओखलढुंगा पुगेका हुन् ।

 नेपालमा राजनीतिक मुद्दा सकिएको भन्दै आर्थिक समृद्धिको मुद्दामा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकोले आफूले नेपाली कांग्रेसलाई रोजेको उनले स्पष्ट पारे । ‘आर्थिक समृद्धिको अभियानमा कांग्रेसले साथ दिने वचन नदिएको भए आज म यस ठाउँमा हुने थिइन’ चौधरीले भने । राजनीतिका लागि मात्रै राजनीति गर्ने उद्देश्य नभएको स्पष्ट पार्दै उनले थपे – ‘आर्थिक समृद्धि बिनाको राजनीति गर्ने मेरो कुनै अभिष्ट छैन ।’
 
देशैभरि कांग्रेसको पक्षमा देखिएको जनलहरले आफू निकै नै हौसिएको समेत चौधरीले बताए । चौधरी सहितका कांग्रेस नेतालाई स्थानीयवासीको भीडले त्यहाँ भव्य स्वागत गरेको थियो । नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहर समृद्धि र विकासका पक्षमा भएको र यसलाई निष्कर्षमा पु¥याएरै छाड्ने उनले उद्घोष गरे । नेपाली कांग्रेसको अबको लडाइँ समृद्धि र विकासको लडाइँ भएको उनको भनाइ थियो । 

प्रकृतिको वरदान स्वरुप नेपालले प्राप्त गरेको सम्पदाको समुचित प्रयोग गर्न सकेमा मात्र पनि आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाई छ । सो कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले आर्थिक समृद्धिको परिकल्पना लोकतन्त्रमा मात्र सम्भव भएको दाबी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप