शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बझाङका बामगठबन्धन उमेद्वारहरुले  भारी मतले विजयी हुने यस्तो दावी

बुधबार, ०६ मङ्सिर २०७४, २० : ५२
बुधबार, ०६ मङ्सिर २०७४

सम्राट सिंह 
बझाङ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बझाङ जिल्लाको एक प्रतिनिधि सभामा १४ हजार र दुवै प्रदेशसभामा कम्तिमा ७ हजार मतान्तरले विजयी हुने बामगठबन्धनका उम्मेदवारहरुले दावी गरेका छन ।


बाम गठबन्धनका नेताहरुले २०७० सालको निर्वाचन र भर्खरै सम्पन्न भएको स्थानिय निर्वाचनलाई आधार मानेर नेपाली काँग्रेसका उम्मेदवारहरु भन्दा भारी मतले पराजित हुने दावी गरेका हुन् । 


बझाङ जिल्लामा टिकट वितरणपछि बामगठबन्धनका केहि नेताहरु रुष्ट भएपनि अन्तिम अवस्थामा आएर रुष्ट भएका नेताहरुपनि चुनाव प्रचार प्रसारमा सक्रिय देखिएकाले जिल्लामा रहेका एउटा प्रतिनिसिभा र २ ओटा प्रदेशसभामा बामगठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी हुने पूर्व सांसद लाल बहादुर रावलले बताए । 


उनले भने, ‘जिल्लाको क्षेत्र नम्बर २ अथवा (ख) मा २०७० सालको निर्वाचनमा एक्लै एमाले विजयी भएको ठाउँमा अहिले माओवादीको मत थपिएकाले धेरै मतान्तरले बामगठबन्धनका उम्मेदवारहरु विजयी हुनेमा शंका छैन । 


स्थानिय निर्वाचनमा प्रतिनिधिसभामा १५ हजार माथि र दुवै प्रदेशसभामा साढे ७ हजार माथि बाम गठबन्धनको मत बढी रहेको छ । बामगठबन्धनले जिल्लाका विभिन्न ठाउँमा आम सभा सुचारु गरिहेको छ भने काँग्रेसले आमसभा नगरेर घरदैलो अभियान सुरु गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप